१२ न्यायधीशले अवकाश पाउँदै, तत्कालै नयाँ नियुक्ति नभए मुद्दामा गम्भीर असर पर्ने
काठमाडौं । न्यायधीश अनिलकुमार सिन्हा विदामा बसेसँगै सर्वोच्च अदालतमा सात पद खाली हुन पुगेका छन् भने मुद्दाले ६ महिना लामो तारिखको फड्को मार्न थालेको छ । अवकाशको ३० दिन पहिल्यैदेखि बिदामा बस्ने प्रचलनका कारण सिन्हाले मुद्दा सुनुवाई रोकेका छन् । उनी ६५ वर्ष पूरा भई कात्तिक २० मा अनिवार्य अवकाशमा जाने भएकाले प्रचलनबमोजिम एक महिनाअघि नै बिदा बस्न थालेका हुन् । अमेरिकास्थित छोराहरुसँग दसैँ मनाउन उतै जाने र फर्केलगत्तै अवकाश लिने तयारी रहेको सर्वोच्च प्रशासनबाट जानकारी प्राप्त भएको छ । घटस्थापनाको दिन असोज २८ देखि बन्द हुने अदालत कात्तिक १२ गते पूर्णिमाको भोलिपल्ट मात्रै खुल्नेछ ।
सर्वोच्च अदालतमा यस वर्ष मात्रै १२ जना न्यायधीशले अवकाश पाउने र नयाँ न्यायधीशको समेत तत्कालै नियुक्ति हुन नसकेका कारण मुद्दामा गम्भीर असर परिरहेको छ । प्रधानन्यायधीशबाट हरिकृष्ण कार्की र न्यायधीशबाट टंक मोक्तानले अवकाश लिइसकेका छन्, भने ईश्वरप्रशाद खतिवडा, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमासमेत अवकाशको मुखमा छन् ।
अन्तरीम आदेश बदर गराउनुपर्ने वा कुनै विशेष महत्वका मुद्दामा समेत समयमा पालो नआउने रोग सामान्यझै भइरहेका छन् । पुनरावेदन, दोहोर्याईपाउँका निवेदन वा साधकजस्ता तलबाट आउने मुद्दाको सुनुवाइको बेहाल त छदैछ, दैनिक २०–२५ वटा रिट निवेदन र तल्ला अदालतका काम कारबाहीमा हुने निवेदनहरुको समेत समयमा सुनुवाइ हुन नसक्दा सर्वोच्च अदालत हुनु र नहुनुको औचित्यमाथि प्रश्न उठिरहेको छ ।
एकल इजलासमा बस्नुपर्ने न्यायधिशलाई समेत संयुक्त इजलास तोकिने गर्दा सुनुवाईमा गम्भीर प्रभाव पर्ने गरेको छ । संयुक्त, पूर्ण, विशेष वा संवैधानिक इजलासमा पर्ने न्यायधीशलाई एकल पनि तोकिदाँ गम्भीर असर परेको छ । उता, अन्तरीम आदेश लिएर बसेको पक्षको मुद्दा समेत वर्षौ पालो नआउने रोगको चर्चा गरिसाध्य छैन् । सुर्खेतमा हालै सम्पन्न बार एसोशिएशनको राष्ट्रिय सम्मेलनले त संवैधानिक इजलास नियमित सञ्चालन गर्न माग नै गरेको छ ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...
-
म्याद सकिएका औषधि व्यवस्थापनमा अनियमितता, फार्मेसी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरको फार्मेसी युनिटका फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित आठ जनाविरुद्ध दुई करोड ९१ लाख ३४...












