नेपाल–भारत सीमा विवादः स्टिप नक्सालाई मान्यता दिएर वर्क परमिट लागू गर्न विज्ञको सुझव
काठमाडौं । सीमाविद्हरुले नेपाल र भारतबीचको सीमानाका व्यवस्थित गर्न सुझाव दिएका छन् । राष्ट्रियसभा अन्तरर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा सांसदहरुको जिज्ञासामा विज्ञहले नेपाल–भारत सीमा व्यवस्थापन गर्न नाकामा अभिलेख राख्नुपर्ने र भारतीयले वर्क परमिट लिनुपर्ने प्रावधान लागू गराउनुपर्ने सुझाव दिएका छन् । सुस्ता र कालापानीबाहेक सीमा विवाद हल गरिएको डिजिटल स्पिट नक्सालाई मान्यता दिएर लागू गर्नुनर्पे उनीहरुको राय छ ।
बैठकमा नापी विभागका पूर्वमहानिर्देशक तोयानाथ बरालले सन् १९९१ देखि २००७ सम्म २६ वर्ष लगाएर दुवै देशको सहमतिमा विवादित सुस्ता र कालापानीबाहेक सिमाना यकिन गरी तयार पारिएको एक सय ८२ थान नक्सा लागू गर्नुपर्ने धारणा राखे । दुवै देशका नापी विभागबाट स्विकृत भएको यो स्टिप नक्सालाई भारतले आफ्नो सुरक्षाबल र स्थानिय प्रशासनलाई वितरण गरेर लागू गरेको उल्लेख गर्दै बरालले नेपालले पनि मान्यता दिएर कार्यान्वयनमा लानुपर्ने धारणा राखे । बोर्डरमा हाम्रो सशस्त्र प्रहरी बल खटिएको छस । उनीहरुका कमान्डरले हाम्रो सीमा कहाँसम्म हो भनेर मलाई फोन गरिरहेका हुन्छन,उनिहरुले नक्सा पाएनन्? उनले प्रश्न गरे, नक्सालाई राज्यले स्विकारेर कार्यान्वयनमा लानुपर्छ । सुरक्षा बललाई नक्सा बाड्नुपर्छ । त्यो हेरेर सीमा सुरक्षा गर्नुपर्छ । यो नक्सा कार्यान्वयनमा आयो भने बोर्डसमा साधारण जिपिएस लिएर हिँड्न सकिन्छ ।
बरालले स्पिट नक्साका आधारमा सीमामा तारबार गर्न मिल्नेसमेत जिकिर गरे । स्पिट नक्सा लागू नहुँदा सीमा व्यवस्थित हुन नसकेको र राजस्व चुहावटले अर्थतन्त्रमा असर परेको उनको तर्क थियो । सुस्ता र कालापानी विवाद समाधान गर्न विशिष्ट कूटनीति चाहिने बरालले उल्लेख गरे ।
नेपाल–भारत सीमा मामिला जानकार एवं प्रबुद्ध व्यक्ति समूह(इपिजी) का सदस्य सूर्यनाथ उपाध्यायले विवादित दुई ठाँउबाहेक सीमा निर्धारण गरिएको स्पिट नक्सा अनिर्णीत अवस्थामा राखेसम्म भारतसँग झन्झट रहिरहने बताए । स्पिट नक्सालाई आधिकारकिता किन पनि छैन् । हाम्रो सिमाना याही हो भन्ने नै स्पष्ट छैन्, सीमा रक्षा गर्न समस्या छ । सीमा रक्षा गर्न पठाएको सुरक्षाकर्मीलाई नै सीमा कुन हो भन्ने थाहा छैन्, त्यसैले सुरुमा सीमा निक्यौल गरौँ ।
पूर्वजलस्रोतसचिव समेत रहेका उपाध्यायले नेपाल–भारत सीमामा वर्क परमिट लिने व्यवस्था गर्नुपर्छ । संगठित होस् वा असंगठित, वर्क परमिट लागू हुनुपर्यो, यहाँ आउने भारतीयसहित हरेका विदेशिको रेकर्ड राख्नुपर्यो, स्थानिय तह वा वडामा अभिलेख राख्नुपर्यो । कति समय बस्यो भन्ने पनि हेर्नुपर्यो । आर्थिक कारोबार परमिट लिएर गर्नुपर्यो उनले भने र नेपाली गाडी भारतमा गुड्न अनुमति नपाइने गरेको, तर भारतिय गाडीहरु सात सयको टिकट काटेर नेपालमा जुनसुकै ठाँउमा निर्वाह पुगिरहेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राखे ।
खुला सीमाका कारण अवस्था संवेदनशिल बन्दै गएको भन्दै उनले सीमााबाट आवतजावत गर्ने भारतियसहित विदेशी नागरिकको अभिलेख राख्नुपर्ने धारणा राखे । जबसम्म संवेदनशिलता बुझेर नेपाल–भारत आवत–जावत गर्ने अभिलेख राखिँदैन्, तबसम्म समस्या आइरहन्छ । सिमानालाई जबसम्म व्यवस्थित गर्दैनौ तबसम्म नेपाललाई खतरा रहिरहन्छ, उनले भने, सिमालाई व्यवस्थापनमा लानुपर्यो , भारतलाई भन्नुपर्यो । क्रस होल्डीङको समस्या क्षतिपूर्ती लिएर समाधान गर्न सकिन्छ । सूस्ता र कालापानिबाहेक अन्यत्रको सीमालाई पनि भद्रगोल राखिरहँदा बाह्य दबाब र प्रभाव बढ्दै जान्छ ।
सीमानाका व्यवस्थित गर्न सर्वोच्च अदालतले परमादेश नै लिएको उल्लेख गर्दै उपाध्यायले फैसला कार्यान्वयनका लागि सरकारले कार्यबाही अगाडी बढाउनुपर्ने जोड लिए । हालै सर्वोच्चले सीमा व्यवस्थित गर्न परमादेश जारि गरेको छ । यो कुरा संसदमा सुनाउनुपर्यो, जनतालाई अवगत गराउनुपर्यो, आदेश कार्यान्वयनका लागि नाकामा बन्दोबस्त गनुपर्यो, विभिन्न नाकाबाट अवैध सामान आइरहेको छ, राजस्व उठेको छैन, तत्कल सरकारले एक्सन लिनुपर्छ । होइन भने देश झनझन अप्ठ्यारोमा पर्छ, उनले भने ।
इपिजीका सदस्यसमेत रहेका उपाध्यायले परराष्ट्र मन्त्रालयमा थन्किएको प्रबुद्ध व्यक्ति समुहको प्रतिवेदन नेपालले एकलौटी रुपमा सार्वजनिक गनुपर्ने माग गरे ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











