नेपाल–भारत सीमा विवादः स्टिप नक्सालाई मान्यता दिएर वर्क परमिट लागू गर्न विज्ञको सुझव
काठमाडौं । सीमाविद्हरुले नेपाल र भारतबीचको सीमानाका व्यवस्थित गर्न सुझाव दिएका छन् । राष्ट्रियसभा अन्तरर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा सांसदहरुको जिज्ञासामा विज्ञहले नेपाल–भारत सीमा व्यवस्थापन गर्न नाकामा अभिलेख राख्नुपर्ने र भारतीयले वर्क परमिट लिनुपर्ने प्रावधान लागू गराउनुपर्ने सुझाव दिएका छन् । सुस्ता र कालापानीबाहेक सीमा विवाद हल गरिएको डिजिटल स्पिट नक्सालाई मान्यता दिएर लागू गर्नुनर्पे उनीहरुको राय छ ।
बैठकमा नापी विभागका पूर्वमहानिर्देशक तोयानाथ बरालले सन् १९९१ देखि २००७ सम्म २६ वर्ष लगाएर दुवै देशको सहमतिमा विवादित सुस्ता र कालापानीबाहेक सिमाना यकिन गरी तयार पारिएको एक सय ८२ थान नक्सा लागू गर्नुपर्ने धारणा राखे । दुवै देशका नापी विभागबाट स्विकृत भएको यो स्टिप नक्सालाई भारतले आफ्नो सुरक्षाबल र स्थानिय प्रशासनलाई वितरण गरेर लागू गरेको उल्लेख गर्दै बरालले नेपालले पनि मान्यता दिएर कार्यान्वयनमा लानुपर्ने धारणा राखे । बोर्डरमा हाम्रो सशस्त्र प्रहरी बल खटिएको छस । उनीहरुका कमान्डरले हाम्रो सीमा कहाँसम्म हो भनेर मलाई फोन गरिरहेका हुन्छन,उनिहरुले नक्सा पाएनन्? उनले प्रश्न गरे, नक्सालाई राज्यले स्विकारेर कार्यान्वयनमा लानुपर्छ । सुरक्षा बललाई नक्सा बाड्नुपर्छ । त्यो हेरेर सीमा सुरक्षा गर्नुपर्छ । यो नक्सा कार्यान्वयनमा आयो भने बोर्डसमा साधारण जिपिएस लिएर हिँड्न सकिन्छ ।
बरालले स्पिट नक्साका आधारमा सीमामा तारबार गर्न मिल्नेसमेत जिकिर गरे । स्पिट नक्सा लागू नहुँदा सीमा व्यवस्थित हुन नसकेको र राजस्व चुहावटले अर्थतन्त्रमा असर परेको उनको तर्क थियो । सुस्ता र कालापानी विवाद समाधान गर्न विशिष्ट कूटनीति चाहिने बरालले उल्लेख गरे ।
नेपाल–भारत सीमा मामिला जानकार एवं प्रबुद्ध व्यक्ति समूह(इपिजी) का सदस्य सूर्यनाथ उपाध्यायले विवादित दुई ठाँउबाहेक सीमा निर्धारण गरिएको स्पिट नक्सा अनिर्णीत अवस्थामा राखेसम्म भारतसँग झन्झट रहिरहने बताए । स्पिट नक्सालाई आधिकारकिता किन पनि छैन् । हाम्रो सिमाना याही हो भन्ने नै स्पष्ट छैन्, सीमा रक्षा गर्न समस्या छ । सीमा रक्षा गर्न पठाएको सुरक्षाकर्मीलाई नै सीमा कुन हो भन्ने थाहा छैन्, त्यसैले सुरुमा सीमा निक्यौल गरौँ ।
पूर्वजलस्रोतसचिव समेत रहेका उपाध्यायले नेपाल–भारत सीमामा वर्क परमिट लिने व्यवस्था गर्नुपर्छ । संगठित होस् वा असंगठित, वर्क परमिट लागू हुनुपर्यो, यहाँ आउने भारतीयसहित हरेका विदेशिको रेकर्ड राख्नुपर्यो, स्थानिय तह वा वडामा अभिलेख राख्नुपर्यो । कति समय बस्यो भन्ने पनि हेर्नुपर्यो । आर्थिक कारोबार परमिट लिएर गर्नुपर्यो उनले भने र नेपाली गाडी भारतमा गुड्न अनुमति नपाइने गरेको, तर भारतिय गाडीहरु सात सयको टिकट काटेर नेपालमा जुनसुकै ठाँउमा निर्वाह पुगिरहेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राखे ।
खुला सीमाका कारण अवस्था संवेदनशिल बन्दै गएको भन्दै उनले सीमााबाट आवतजावत गर्ने भारतियसहित विदेशी नागरिकको अभिलेख राख्नुपर्ने धारणा राखे । जबसम्म संवेदनशिलता बुझेर नेपाल–भारत आवत–जावत गर्ने अभिलेख राखिँदैन्, तबसम्म समस्या आइरहन्छ । सिमानालाई जबसम्म व्यवस्थित गर्दैनौ तबसम्म नेपाललाई खतरा रहिरहन्छ, उनले भने, सिमालाई व्यवस्थापनमा लानुपर्यो , भारतलाई भन्नुपर्यो । क्रस होल्डीङको समस्या क्षतिपूर्ती लिएर समाधान गर्न सकिन्छ । सूस्ता र कालापानिबाहेक अन्यत्रको सीमालाई पनि भद्रगोल राखिरहँदा बाह्य दबाब र प्रभाव बढ्दै जान्छ ।
सीमानाका व्यवस्थित गर्न सर्वोच्च अदालतले परमादेश नै लिएको उल्लेख गर्दै उपाध्यायले फैसला कार्यान्वयनका लागि सरकारले कार्यबाही अगाडी बढाउनुपर्ने जोड लिए । हालै सर्वोच्चले सीमा व्यवस्थित गर्न परमादेश जारि गरेको छ । यो कुरा संसदमा सुनाउनुपर्यो, जनतालाई अवगत गराउनुपर्यो, आदेश कार्यान्वयनका लागि नाकामा बन्दोबस्त गनुपर्यो, विभिन्न नाकाबाट अवैध सामान आइरहेको छ, राजस्व उठेको छैन, तत्कल सरकारले एक्सन लिनुपर्छ । होइन भने देश झनझन अप्ठ्यारोमा पर्छ, उनले भने ।
इपिजीका सदस्यसमेत रहेका उपाध्यायले परराष्ट्र मन्त्रालयमा थन्किएको प्रबुद्ध व्यक्ति समुहको प्रतिवेदन नेपालले एकलौटी रुपमा सार्वजनिक गनुपर्ने माग गरे ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












