रथी यमबहादुरको सुविधा थपेकाेमा पूर्व जर्नेलहरूको आपत्ति
काठमाडौं । नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीकाे सेवा अवधि थप अवधि थपेकोमा पूर्व जर्नेलहरूले आपत्ति जनाएका छन्।
सेना समायोजनका क्रममा माओवादी लडाकुबाट नेपाली सेनामा प्रवेश गरेका यमबहादुर अधिकारीलाई नियमविपरीत दोस्रोपटक राजनीतिक जोडबलमा उनकाे पद तीन वर्षका लागि थप गर्ने निर्णय गरिएकाे थियाे।
सचेत नागरिक, वीरगति प्राप्त सैनिक परिवार र पूर्वसैनिकहरूले विज्ञप्ति जारी गर्दै यस्तो गलत अभ्यासले नेपाली सेनामा गलत अभ्यास बस्ने र सेनामा कार्यरत सकल दर्जाकाे मनाेबल खस्किने जनाएकाे छ।
राजनीतिक दवावमा रथी अधिकारीलाई तीन वर्ष समयअवधि थप गरिएकाेमा नेपाली सेना माओवादीकरण भएकाे हाे भन्दै जटिल प्रश्न खडा गरेकाे विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा नियमविपरीत गलत अभ्यासले नेपाली सेनाको गाैरवमा आँच आएकाे जनाउँदै नेपाली नागरिक, वीरगतिप्राप्त सैनिक परिवार तथा अवकाशप्राप्त सैनिक परिवारको समेत अवमूल्यन भएकाे जनाइएकाे छ।
नेपाली सेनाले राजनीति नगरी नेपालवाद मात्र बुझ्ने संस्था भएकाले निर्णय तत्काल फिर्ता लिन तथा यस्ता खालका कार्य नगर्नसमेत विज्ञप्तिमा सचेत गराइएकाे छ।
माओवादीसहितको तत्कालीन केपी ओली नेतृत्वको मन्त्रिपरिषदले सेना समायोजनका क्रममा माओवादी लडाकुबाट नेपाली सेनामा प्रवेश गरेका यमबहादुर अधिकारीलाई सहायक रथीको विशेष पद सिर्जना गरेर बढुवा गरेको थियो।
चार वर्षका लागि गरिएको बढुवा गत कात्तिक १ गते सकिने अवस्थामा माओवादीका पूर्व सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला उनको पद थप तीन वर्षका लागि थप्ने निर्णय गरेको थियाे।
सरकारको यस निर्णयप्रति नेपाली सेनाभित्र चर्को असन्तुष्टि देखिएको थियाे।
सैनिक स्रोतका अनुसार प्रधानसेनापतिले अधिकारीको सेवा विस्तारबारे वरिष्ठ सैनिक अधिकारी (पिएसओ)समक्ष परामर्स गरेका थिएनन्।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
केही दिनसम्म सम्पर्कविहिन पूर्व कार्यवाहक महालेखापरीक्षक अन्ततः मृत भेटिए
काठमाडौं । परिवारबाट केही दिनदेखि सम्पर्कविहिन भएका पूर्व कार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारी अन्ततः मृत फेला परे । उनको...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...











