रथी यमबहादुरको सुविधा थपेकाेमा पूर्व जर्नेलहरूको आपत्ति
काठमाडौं । नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीकाे सेवा अवधि थप अवधि थपेकोमा पूर्व जर्नेलहरूले आपत्ति जनाएका छन्।
सेना समायोजनका क्रममा माओवादी लडाकुबाट नेपाली सेनामा प्रवेश गरेका यमबहादुर अधिकारीलाई नियमविपरीत दोस्रोपटक राजनीतिक जोडबलमा उनकाे पद तीन वर्षका लागि थप गर्ने निर्णय गरिएकाे थियाे।
सचेत नागरिक, वीरगति प्राप्त सैनिक परिवार र पूर्वसैनिकहरूले विज्ञप्ति जारी गर्दै यस्तो गलत अभ्यासले नेपाली सेनामा गलत अभ्यास बस्ने र सेनामा कार्यरत सकल दर्जाकाे मनाेबल खस्किने जनाएकाे छ।
राजनीतिक दवावमा रथी अधिकारीलाई तीन वर्ष समयअवधि थप गरिएकाेमा नेपाली सेना माओवादीकरण भएकाे हाे भन्दै जटिल प्रश्न खडा गरेकाे विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा नियमविपरीत गलत अभ्यासले नेपाली सेनाको गाैरवमा आँच आएकाे जनाउँदै नेपाली नागरिक, वीरगतिप्राप्त सैनिक परिवार तथा अवकाशप्राप्त सैनिक परिवारको समेत अवमूल्यन भएकाे जनाइएकाे छ।
नेपाली सेनाले राजनीति नगरी नेपालवाद मात्र बुझ्ने संस्था भएकाले निर्णय तत्काल फिर्ता लिन तथा यस्ता खालका कार्य नगर्नसमेत विज्ञप्तिमा सचेत गराइएकाे छ।
माओवादीसहितको तत्कालीन केपी ओली नेतृत्वको मन्त्रिपरिषदले सेना समायोजनका क्रममा माओवादी लडाकुबाट नेपाली सेनामा प्रवेश गरेका यमबहादुर अधिकारीलाई सहायक रथीको विशेष पद सिर्जना गरेर बढुवा गरेको थियो।
चार वर्षका लागि गरिएको बढुवा गत कात्तिक १ गते सकिने अवस्थामा माओवादीका पूर्व सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला उनको पद थप तीन वर्षका लागि थप्ने निर्णय गरेको थियाे।
सरकारको यस निर्णयप्रति नेपाली सेनाभित्र चर्को असन्तुष्टि देखिएको थियाे।
सैनिक स्रोतका अनुसार प्रधानसेनापतिले अधिकारीको सेवा विस्तारबारे वरिष्ठ सैनिक अधिकारी (पिएसओ)समक्ष परामर्स गरेका थिएनन्।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












