आजको राशिफल: २०८० असोज ३० गते मंगलवार
मेषः वादविवादबाट बच्ने उपाय अवलम्बन गर्नुहोला। अपराह्नतिर स्वास्थ्य कमजोर हुने र काम रोकिने सम्भावना देखिन्छ। अर्थअभावले सताउनेछ। दोहोर्याएर प्रयत्न गर्दा आंशिक लाभ हुन सक्छ। व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ।
वृष: आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रमाइलो यात्राको साइत पनि जुर्न सक्छ। मिहिनेतले उपलब्धि दिलाउनेछ।वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। स्वास्थ्य समस्या र शत्रुबाधा देखापर्ने हुँदा काम रोकिन सक्छ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। अपराह्नतिर स्थितिमा सुधार आउनाले फाइदा हुनेछ।
मिथुन: रचनात्मक कार्यले फाइदा दिनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।अध्ययनमा समय दिन नसकिएला। बुद्धिको उपयोगले मात्र लक्ष्य पहिल्याउन सकिनेछ। समयको मागलाई ध्यान दिन नसक्दा पछि परिनेछ। अपराह्नतिर स्थिति अनुकूल बन्नेछ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ।
कर्कट:अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। देखेको विषयमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्न सक्छ। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। अरूको आक्षेप सहनुपर्ने हुन सक्छ। घरेलु समस्याले निराश तुल्याउनेछ।
सिंह:आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन्। उपलब्धिका लागि काम दोहोर्याउनुपर्ला। आफन्त टाढिने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपर्ला। सामान्य उपलब्धि हातपार्न पनि समय लाग्नेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ।
कन्या: साँझतिर पेसा–व्यवसायमा लाभ उठाउन सकिनेछ। विद्या तथा धन आर्जन हुनेछ भने मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। ईर्ष्या गर्नेहरूबाट अलि सावधान रहनुपर्ला। अरूको भरपर्दा काम रोकिन सक्छ।बोलीको प्रभाव कमजोर बन्नेछ र विवादास्पद काममा हातहाल्दा समस्या पर्न सक्छ। हिसाबकिताबमा सजग रहनुहोला। सानोतिनो समस्या आए पनि नियमित कामबाट फाइदा हुनेछ।
तुला: मिहिनेतले फाइदा हुने काम गर्न सकिनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। पेसा–व्यवसायमा पनि लाभ हुनेछ। बिहान समस्यायुक्त काममा जुट्नुपर्ने अवस्था रहनेछ। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ।
वृश्चिक: दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ।आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती समेत झेल्नुपर्ला। समय दिन नसक्दा काम रोकिन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ।
धनु :दिउँसोतिर खर्चिलो काम सुरु हुनेछ र धनसंग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। प्रयत्न गर्दा लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ। मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। सानो प्रयत्नले ऋणमोचन हुने सम्भावना छ।
मकर: ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्छन्। तापनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। रोकिएको काम बन्नेछ भने पेसा–व्यवसायमा फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ। मिहिनेतको उपलब्धि प्राप्त हुनेछ।पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। समय र कामको तालमेल नहुँदा केही पछि परिनेछ।
कुम्भ: भेटघाट र किनमेलमा रुचि बढ्नेछ। पेसा–व्यवसायमा पनि फाइदा उठाउन सकिनेछ। नयाँ काम प्रारम्भ हुनेछ।मिहिनेत परे पनि फाइदा कम मात्र हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिएला। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। अरूको फाइदाका लागि उपयोग भइने समय रहेकाले सावधान रहनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनुको साथै रोकिएको काम सम्पादन हुनेछ।
मीन: अवसरका लागि दौडधुप गर्नुपर्ला। तत्काल लाभ नभए पनि मध्याह्नदेखि प्रयत्न गर्दा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। तर अवसरका साथ केही चुनौतीसमेत देखापर्ने छन्। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला।स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ने हुनसक्छ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












