आजको राशिफल: २०८० असोज ३० गते मंगलवार
मेषः वादविवादबाट बच्ने उपाय अवलम्बन गर्नुहोला। अपराह्नतिर स्वास्थ्य कमजोर हुने र काम रोकिने सम्भावना देखिन्छ। अर्थअभावले सताउनेछ। दोहोर्याएर प्रयत्न गर्दा आंशिक लाभ हुन सक्छ। व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ।
वृष: आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रमाइलो यात्राको साइत पनि जुर्न सक्छ। मिहिनेतले उपलब्धि दिलाउनेछ।वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। स्वास्थ्य समस्या र शत्रुबाधा देखापर्ने हुँदा काम रोकिन सक्छ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। अपराह्नतिर स्थितिमा सुधार आउनाले फाइदा हुनेछ।
मिथुन: रचनात्मक कार्यले फाइदा दिनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।अध्ययनमा समय दिन नसकिएला। बुद्धिको उपयोगले मात्र लक्ष्य पहिल्याउन सकिनेछ। समयको मागलाई ध्यान दिन नसक्दा पछि परिनेछ। अपराह्नतिर स्थिति अनुकूल बन्नेछ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ।
कर्कट:अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। देखेको विषयमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्न सक्छ। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। अरूको आक्षेप सहनुपर्ने हुन सक्छ। घरेलु समस्याले निराश तुल्याउनेछ।
सिंह:आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन्। उपलब्धिका लागि काम दोहोर्याउनुपर्ला। आफन्त टाढिने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपर्ला। सामान्य उपलब्धि हातपार्न पनि समय लाग्नेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ।
कन्या: साँझतिर पेसा–व्यवसायमा लाभ उठाउन सकिनेछ। विद्या तथा धन आर्जन हुनेछ भने मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। ईर्ष्या गर्नेहरूबाट अलि सावधान रहनुपर्ला। अरूको भरपर्दा काम रोकिन सक्छ।बोलीको प्रभाव कमजोर बन्नेछ र विवादास्पद काममा हातहाल्दा समस्या पर्न सक्छ। हिसाबकिताबमा सजग रहनुहोला। सानोतिनो समस्या आए पनि नियमित कामबाट फाइदा हुनेछ।
तुला: मिहिनेतले फाइदा हुने काम गर्न सकिनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। पेसा–व्यवसायमा पनि लाभ हुनेछ। बिहान समस्यायुक्त काममा जुट्नुपर्ने अवस्था रहनेछ। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ।
वृश्चिक: दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ।आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती समेत झेल्नुपर्ला। समय दिन नसक्दा काम रोकिन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ।
धनु :दिउँसोतिर खर्चिलो काम सुरु हुनेछ र धनसंग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। प्रयत्न गर्दा लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ। मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। सानो प्रयत्नले ऋणमोचन हुने सम्भावना छ।
मकर: ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्छन्। तापनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। रोकिएको काम बन्नेछ भने पेसा–व्यवसायमा फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ। मिहिनेतको उपलब्धि प्राप्त हुनेछ।पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। समय र कामको तालमेल नहुँदा केही पछि परिनेछ।
कुम्भ: भेटघाट र किनमेलमा रुचि बढ्नेछ। पेसा–व्यवसायमा पनि फाइदा उठाउन सकिनेछ। नयाँ काम प्रारम्भ हुनेछ।मिहिनेत परे पनि फाइदा कम मात्र हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिएला। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। अरूको फाइदाका लागि उपयोग भइने समय रहेकाले सावधान रहनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनुको साथै रोकिएको काम सम्पादन हुनेछ।
मीन: अवसरका लागि दौडधुप गर्नुपर्ला। तत्काल लाभ नभए पनि मध्याह्नदेखि प्रयत्न गर्दा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। तर अवसरका साथ केही चुनौतीसमेत देखापर्ने छन्। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला।स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ने हुनसक्छ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












