हिमालय एयरलाइन्सले चीनको सांघाई सहरमा सिधा उडान सुरु गर्यो
काठमाडौं । हिमालय एयरलाइन्सले चीनको सांघाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठूलो सहर सांघाईमा आजदेखि नियमित उडान सुरु गरेको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ९ः२० बजे १३७ यात्रुसहितको हिमालयको जहाज सांघाई उडेको हो । उक्त जहाज सांघाईबाट यात्रु लिएर आज राति ९ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्ने एयरलाइन्सले जनाएको छ ।
काठमाडौं–सांघाई उडान पाँच घण्टा २० मिनेटको हुनेछ । हरेक शनिबार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ । सांघाईमा हिमालय एयरलाइन्सको यो पहिलो उडान हो । योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न नौवटा सहरमा उडान विस्तार गरेको छ ।
उद्घाटन उडानबारे जानकारी दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनको मूख्य व्यापारिक र पर्यटकीय सहरमा सिधा उडानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै बढीभन्दा बढी चिनियाँ पर्यटक नेपाल ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले कोभिड महामारीपछि चीनबाट क्रमशः उडान विस्तार भइरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय काठमाडौं विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ दैनिक एक सयभन्दा बढी उडानमार्फत करिब १५ हजार यात्रु आवत–जावत गरिरहेको जानकारी दिए ।
नेपालका लागि चिनियाँ राजदूताबासका आर्थिक तथा वाणिज्य कन्सुलर छि यूले सांघाई–काठमाडौंमा हिमालय एयरलाइन्सको उडानले दुई देशबीचको सम्बन्ध बलियो हुनुका साथै व्यापारिक दृष्टिले पनि महत्वपूर्ण भएको बताए । सांघाई जनवादी गणतन्त्र चीनको ठूलो सहरमध्ये एक हो । करिब ४० मिलियन जनसंख्या रहेको सांघाई चीनको उद्योग कलकारखानाको राजधानीका रुपमा पनि कहलिएको छ । यो चीनको मूख्य व्यापारिक केन्द्र पनि मानिन्छ ।
Comments
अरु समाचार
-
मौद्रिक नीतिमा बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश भएका विभिन्न प्रबन्धलाई कार्यान्वयन गर्ने लक्ष्यका साथ मौद्रिक नीतिमा केही विशेष व्यवस्था...
-
आर्थिक वर्ष २०८१-०८२ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...
-
विदेशी मुद्रा सटहीको सीमा बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीको सीमालाई वृद्धि गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि...
-
प्रतितोला ३ सयले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा ३ सयले घटेर एक लाख ४४...
-
प्रतितोला ११ सयले बढ्यो सुाको मुल्य
काठमाडौं । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा ११ सयले बढेर तोलाको एक लाख...
-
सेयर बजार २८ महिनाकै उच्च विन्दुमा, १४ अर्बमाथिको कारोबार
काठमाडौं । नेप्से परिसूचक २५ सय अंकमाथि पुगेको छ । साताको तेस्रो कारोबार दिन बजार ७५.३३ बढेर २५६३.४३ मा कायम...
-
वैशाख र जेठमा धेरै आयात भएको विद्युतीय गाडी असारमा घट्यो
काठमाडौं । बजेट अगाडि वैशाख र जेठमा ठूलो संख्यामा आयात भएको विद्युतीय गाडी (ईभी)असारमा भने घटेको छ । सरकारले गत...
-
उत्तरी डोल्पाको मोरिम्ला नाका ६ वर्षपछि खुल्दै
काठमाडौं । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला नाका ६ वर्षपछि खुल्ने भएको छ। चीनको सिमानामा पर्ने उक्त नाका...
-
वीरगञ्ज महानगरबाट ६१ करोड ४७ लाख राजस्व सङ्कलन
काठमाडौं । वीरगञ्ज महानगरपालिकाले गत आर्थिक वर्षमा ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ राजस्व सङ्कलन गरेको छ...