सुदूरपश्चिममा एमालेले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा चुनाव हुने राष्ट्रियसभाका तीन जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।
प्रदेश कमिटीले गरेको सिफारिसका आधारमा केन्द्रीय सचिवालय बैठकले तीन जना उम्मेदवारको नाम टुंगो लगाएको एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैसीले जानकारी दिए । उनका अनुसार अन्यतर्फ कञ्चनपुरका ईश्वरी खरेल, महिलातर्फ कैलालीकी सावित्री घिमिरे र अपांगतातर्फ कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । प्रदेश कमिटीले जिल्लाबाट आएका आकांक्षीहरुका नाम मध्येबाट ९ जनाको नाम रायसहित केन्द्रीय कमिटीलाई सिफारिस गरेको थियो ।
केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटिले गरेको सिफारिस मध्येबाट तीन जनाको नाम टुंगो लगाएको हो । राष्ट्रियसभा सदस्यमा निर्वाचित सुदूरपश्चिम प्रदेशका तीन जनाको कार्यकाल अगामी २० फागुनमा सकिदैछ । माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि सोमबार मनोनयनको समय तोकिएको छ । राष्ट्रियसभामा स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष र प्रदेशसभाका सांसद मतदाता हुन्छन् । स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ र प्रदेशभाका सांसदको मतभार ५३ कायम गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तहका प्रमुखरउपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार तीन हजार तीन सय ४४ र ५२ (एउटा सिट रिक्त बाहेक) प्रदेशसभा सदस्यको मतभार दुई हजार ७५६ गरेर कुल मतभार ६ हजार एक सय रहेको छ ।
जसमा नेपाली कांग्रेसको मतभार दुई हजार ५८८, नेकपा एमालेको मतभार एक हजार ४८०, नेकपा माओवादी केन्द्रको मतभार एक हजार ५८, नागरिक उन्मुक्ति पार्टीको मतभार ५०४, नेकपा एकीकृत समाजवादी पार्टीको मतभार ३०७, स्वतन्त्रको मतभार ११० र राप्रपाको मतभार ५३ रहेको छ । यहाँ सत्तारुढ गठबन्धनमा रहेका दलहरुको कुल मतभार ७३ प्रतिशत अथात् चार हजार ४५७ रहेको छ ।
Comments
अरु समाचार
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...
-
म्याद सकिएका औषधि व्यवस्थापनमा अनियमितता, फार्मेसी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरको फार्मेसी युनिटका फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित आठ जनाविरुद्ध दुई करोड ९१ लाख ३४...
-
प्रतिनिधिसभा बैठक: अख्तियारको प्रतिवेदनदेखि राष्ट्र बैंक विधेयकसम्म प्रस्तुत गर्ने कार्यसूची
काठमाडौं: संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न वार्षिक प्रतिवेदन तथा विधेयकहरू...












