बिम्स्टेक बडापत्र प्रतिनिधिसभामा प्रस्तुत
काठमाडौं । बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र संसद्मा प्रस्तुत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बिम्स्टेक बडापत्र प्रस्तुत गरेका छन् ।
नेपाल सन्धी ऐन, २०४७ को दफा ४ को व्यवस्थाबमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०८० साल भदौ २९ गतेको बैठकले बिम्स्टेक बडापत्र अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको थियो । बडापत्रमा अन्तर्निहित उद्देश्य तथा सिद्धान्तहरु नेपालको परराष्ट्र नीतिअनुरुप नै रहेकाले उक्त बडापत्र अनुमोदन गर्नु उपयुक्त हुने परराष्ट्रमन्त्री साउदले बताइन्।
दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाका मुलुकबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने उद्देश्यले सन् १९९७ मा बिम्स्टेक स्थापना भएको थियो । क्षेत्रीय सहयोगमार्फत मुलुकको आर्थिक तथा सामाजिक विकासमा मद्दत पुग्ने नीति बमोजिम नेपालले सन् २००४ मा सदस्यता लिएको हो ।
सन् २०१८ मा काठमाडौँमा सम्पन्न चौथो बिम्स्टेक शिखर सम्मेलनले बिम्स्टेक बडापत्र यथाशीघ्र तयार गरी लागू गर्ने निर्णय गरेको थियो । सोहिअनुरुप सदश्य राष्ट्रहरुका राय, सुझाव तथा छलफलका आधारमा तयार पारिएको बिम्स्टेक बडापत्रमा सन् २०२२ मा श्रीलङ्काको कोलम्बोमा आयोजित पाँचौँ शिखर सम्मेलनमा बिम्स्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुखले हस्ताक्षर गर्नुभएको थियो । बिम्स्टेक बडापत्रले संस्थागत तथा नीतिगत आधार प्रदान गरेको साउदले बताए ।
बडापत्र कार्यान्वयनका लागि सदस्य राष्ट्रहरुले आन्तरिक प्रक्रिया पूरा गरी अनुमोदन गर्नुपर्ने र सबै सदस्य राष्ट्रबाट अनुमोदनको दाखिला प्राप्त भएको ३०औँ दिनदेखि सो बडापत्र लागू हुने प्रावधान रहेको छ । बिम्स्टेकका अन्य छ सदश्य राष्ट्रहरुले बडापत्र अनुमोदन गरिसकेको पनि परराष्ट्रमन्त्री साउदले जानकारी दिए । नेपालको संविधानको धारा २७९ (१) मा नेपाल पक्ष राष्ट्र हुने सन्धी सम्झौताको अनुमोदन सङ्घीय कानुनबमोजिम हुने व्यवस्था छ । संविधानको सोहि व्यवस्था र सन्धी ऐनको दफा ४ को व्यवस्थाअनुसार परराष्ट्रमन्त्री साउदले यो प्रस्ताव संसद्मा पेस गरेका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उपसभामुख इन्दिरा रानाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिका सदस्यको नाम हेरफेर भएकोसमेत जानकारी गराएकी छन् । कार्यव्यवस्था परामर्श समिति सदस्य अनिता देवीको स्थानमा अब्दुल खानलाई नियुक्त गरिएको उनले संसद्मा जानकारी गराईन् ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












