सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगियो, कसको भागमा कुन ?
काठमाडौं । पुरानो गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा बनेको सरकारले मन्त्रालयहरुको भागबण्डा टुंगो लगाएको छ । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), रास्वपासहितका सत्ता साझेदार दलले मन्त्रिपरिषद्मा भागबण्डा टुंगो लगाएका हुन् ।
बुधावार टुंगिएको भागबण्डाअनुसार माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री,माओवादी उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने तय भएको छ ।
सुदन किराँतीको ठाउँमा पर्यटन मन्त्रालयको जिम्मेवारी हितबहादुर तामाङले पाउने छन् भने ऊर्जामा शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रेखा शर्मा दोहोरिने तय भएको छ ।
यसैगरी, एमालेका तर्फबाट सरकारमा पार्टी सचिव रघुवीर महासेठले नेतृत्व गर्ने भएका छन् । महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने तय भएको छ ।
एमालेबाट यसअघि नै पदम गिरीले शपथ लिइसकेका छन् भने दामोदार भण्डारी, हरि उप्रेती, राजेन्द्र राई, ज्वालाकुमारी साह, भगवती चौधरी र बलराम अधिकारी पनि मन्त्री बन्ने तय भएको छ ।
उनीहरूले पाउने मन्त्रालय यकिन हुन बाँकी छ । स्रोतका अनुसार गिरीले कानून, उप्रेतीले रक्षा, चौधरीले महिला बालबालिका, राईले खानेपानी, भण्डारीले उद्योग, साहले कृषि र अधिकारीले भूमि मन्त्रालय पाउने सम्भावना छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृह मन्त्री बन्ने पक्का भएको नेताहरूले बताएका छन् । लामिछानेका अलावा डीपी अर्याल श्रम मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बन्ने तय भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले लोकान्तरलाई जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीले पनि सरकारमा सहभागी हुने इच्छा देखाएको दाबी नेताहरूले गरेका छन् । सरकारमा सहभागी भएमा उसले २ मन्त्रालय पाउनेछ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुनुअघि मधेश सरकारको निरन्तरताको प्रतिबद्धता खोजेको छ । मधेशमा जसपाको सरकार निरन्तर रहने प्रतिबद्धता पाए संघीय सरकारमा सहभागी हुने उसको तयारी छ ।
पुरानो गठबन्धन तोडेर प्रचण्डले सोमवार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । पहिलो चरणमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई विना विभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गराइएको थियो ।
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...












