मधेस प्रदेशमा एसइई परीक्षामा ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुँदै
काठमाडौं । मधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् । यही चैत १५ गतेदेखि सुरु हुने एसइई मा मधेस प्रदेशबाट कूल ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ ।
परीक्षामा मधेस प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी विद्यार्थी धनुषाबाट र सबैभन्दा कम सङ्ख्या सप्तरीबाट रहेका छन् । धनुषाबाट चार सय ८९ जना प्राविधिकतर्फका गरी १२ हजार दुई सय १४, सिराहाबाट १० हजार नौ सय २३, महोत्तरीबाट नौ हजार चार सय ३१, सर्लाहीबाट १० हजार आठ सय ९६, रौतहटबाट नौ हजार चार सय ६९, बाराबाट नौ हजार चार सय ४४, पर्साबाट १० हजार ६८ र सप्तरीबाट नौ हजार तीन सय २३ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक दिलीपकुमार ठाकुरले परीक्षाका लागि आवश्यक तयारी द्रुत गतिमा भइरहेको बताए । निर्देशक ठाकुरले आठ जिल्लामा गरी दुई सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको छभने दुई सय ९५ केन्द्राध्यक्ष, पाँच सय ३० सहायक केन्द्राध्यक्ष, चार हजार ९२ निरीक्षक, आठ सय सात परीक्षा सहायक, एक हजार छ सय ३९ जना कार्यालय सहयोगी गरी जम्मा सात हजार छ सय ५८ जना कर्मचारी खटाइने बताए ।
आवश्यक तयारी करिब पूरा भएका बताउँदै निर्देशक ठाकुरले मधेस प्रदेशका सबै जिल्लामा शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयमा उत्तरपुस्तिका र प्रश्नपत्र जिल्लास्थित जिल्ला प्रहरी कार्यालयमा पठाइसकेको जानकारी दिए । उनले यस प्रदेशमा एसइई परीक्षालाई मर्यादित, अनुशासित र व्यवस्थित रुपमा सम्पन्न गराउन आठवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले निरीक्षण तथा अनुगमन गरिने बताए ।
त्यसैगरी, मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्रलगायत निकायलाई समेटेर प्रदेशस्तरीय अनुगमन टोली बनाएर अनुगमन गरिने निर्देशक ठाकुरले जानकारी दिए ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निर्धारित समयसीमाभित्र सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ। बोर्डले...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...












