विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैनः शिक्षामन्त्री श्रेष्ठ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छन् ।
विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरता दिन शिक्षावद् केदारभक्त माथेमासहित विज्ञहरूको सुझाव आज सिंहदरबारमा ग्रहण गर्दै मन्त्री श्रेष्ठले आफू विश्वविद्यालयहरूको पदेन सहकुलपति भए पनि कुनै पनि उपकुलपति वा पदाधिकारीलाई आफू वा आफ्नो पार्टीका मान्छेलाई नियुक्ति दिनु वा यस्तो काम गरिदिनु भनेर नभन्ने बताएकी हुन् ।
“मेरो पार्टीबाट विश्वविद्यालयमा कुनै दबाब वा हस्तक्षेप हुँदैन । यहाँहरुले पनि विभिन्न पार्टीका शीर्ष नेताहरूलाई हस्तक्षेप नगर्न भनिदिनुहोला”, उनले भनिन्।
शिक्षाविद्हरूले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष र रजिष्ट्रारमा दलीय भागबण्डाका आधारमा नभई खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गराएकामा मन्त्री श्रेष्ठलाई धन्यवाद दिएका थिए ।
मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका सदस्यहरुको नियुक्तिमा पनि प्रतिस्पर्धाका आधारमा नियुक्ति गरिने र उक्त छनोट प्रक्रियामा आफू संलग्न नहुने स्पष्ट गरिन् । उनले विद्यमान कानुनले कर्मचारी र शिक्षकलाई राजनीतिक दलको सदस्य बस्न नमिल्ने भएकाले बसेको पाइएमा कारबाही गर्न आफू कटिबद्ध रहेको अवगत गराउँदै शिक्षक बन्न ‘बिएड’ पढेकै हुनुपर्ने बाध्यतालाई हटाउनेलगायत शिक्षक पदपूर्तिको मापदण्डसम्बन्धी सुझाव दिनका लागि कार्यदल गठन गरिएको जानकारी दिइन् ।
Comments
अरु समाचार
-
इलाममा जिततर्फ लम्किँदै सुहाङ
विराटनगर । इलाम क्षेत्र नम्बर २ मा भएको निर्वाचनको अब देउमाई नगरपालिकाको वडा नम्बर ९ इलाम नगरपालिका क्षेत्रको मात्रै मत...
-
बझाङ प्रदेशसभामा एमालेका उम्मेदवार दमन भण्डारी विजयी
कैलाली । उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै...
-
बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
काठमाडौं । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ...
-
डम्बरसँग मतान्तर बढाउँदै सुहाङ, करिब २२ हजार भाेट गन्दा २६१८ ले लिड
काठमाडाैँ । उपनिर्वाचनको जारी मतगणनाअनुसार इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता जारी राखेका छन् । सोमबार बिहान ७ः५५...
-
बझाङमा एमालेलाई कांग्रेसले उछिन्यो
काठमाण्डौ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ ९क० मा नेपाली कांग्रेसले अग्रता लिएको छ । अहिलेसम्म २० हजारभन्दा बढी...
-
इलाम २ मा एमालेका सुहाङको फराकिलो अग्रता
विराटनगर । इलाम क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधिसभा निर्वाचनका लागि भएको उपनिर्वाचनका ११ वटा वडाको मत गणना हुँदा एमालेका उम्मेदवारले...
-
आजको राशिफलः २०८१ वैशाख १७ गते सोमवार
मेष: फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै
इलाम । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।फाकफोकथुम गाउँपालिकाको ५ वटा...