भ्रष्टाचारमा पल्केका बीपी प्रतिष्ठानका भीसी, जताततै अनियमितता र कानुनको उल्लंघन
काठमाडौँ (सजीव कालाखेती)। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी अनियमितता र भ्रष्टाचारको पर्याय बनेका छन् । मातृशिशु भवन निर्माण सम्पन्न नभई भेन्टिलेटर खरिद गरेर अनियमितता गरेको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकै बेला अर्को प्रकरण बाहिर आएको हो ।
मातृशिशु भवनकै लागि आवश्यक बेड तथा भौतिक पूर्वाधार खरिदमा उनले बोलपत्र आह्वान गरेका छन् । २०८१ साउन १० गते आह्वान भएको विद्युतीय बोलपत्रअनुसार ३ करोड ५० लाखको बिड बोन्ड नै राखिएको छ । सोही बिड बोन्डको आधारमा दुई अर्ब रुपियाँको हाराहारीको सामान खरिद गर्न लागिएको जानकारी प्राप्त भएको छ । अस्पताल र कार्यालयको लागि फर्निचर, उपकरण र त्यसको दोस्रो चरणमा डेकोरेसनको लागि एकमुष्ट बोलपत्र आह्वान गरिएको हो । बोलपत्रअनुसार कुनै पनि सप्लायर्स सँगको सेटीङमा भएको प्रष्ट हुन्छ ।
फर्निचर र उपकरणको लागि एउटै कम्पनीले काम गर्ने अवस्था नभएपनि भिसी गिरीले चलाखीपूर्ण रूपमा डेकोरेसनको जिम्मा पाउने गरी बोलपत्र आह्वान गरेका हुन् ।प्रतिष्ठानका रजिस्ट्रार डाक्टर सूर्यप्रसाद संगौला आफूलाई यस विषयमा जानकारी नभएको बताउँछन् । खरिदको विषयमा यस बिचमा कुनै निर्णय नभएको उनले जनाएका छन् ।
रजिस्ट्रार र रेक्टरलाई नै थाहा नदिई भीसी गिरी र डाइरेक्टर जगतनारायण प्रसादको मिलेमतोमा खरिद प्रक्रिया अगाडी बढाइएको हो ।त्यतिमात्रै होइन, प्रतिष्ठानको विधानविपरीत खरिदको काम भइरहेको छ । कार्यकारी समितिबाट निर्णय गरेर स्रोत सुनिश्चित भएपछि मात्र आवश्यकताको आधारमा खरिद गर्नुपर्ने नियमविपरीत भीसी र डाइरेक्टरले मनोमानी हिसाबमा काम गरेका हुन् ।
एक कार्यकारी समितिका सदस्यका अनुसार प्रतिष्ठानले समयमा तलब खुवाउन सक्ने अवस्था नभएको बेला अनावश्यक खरिद गरिरहेको छ । २५ गते भुक्तानी गर्नुपर्ने तलब समेत नदिएर चिकित्सक र कर्मचारीमाथि अन्याय भइरहेको उनले बताए । जताततै खरिद भइरहेको बताउँदै उनले भीसी र डाइरेक्टरले भ्रष्टाचारको अखडा बनाएको आरोप लगाए ।
उनका अनुसार कर्मचारी र चिकित्सकको भर्ना र बढुवामा पनि चलखेल भइरहेको छ । रेक्टरको इन्ट्रेस्टअनुसार नारायणराज भट्टराई, सृजना श्रेष्ठ र केशव राईको बढुवा भएको हो । यसअघि माइक्रोबाइलोजीको लाइसेन्स बिना नै कोभिड १९ को पसिआर रिपोर्ट प्रमाणित गरेका उनीहरूलाई प्रमाणपत्र विना नै असिस्टेन्ट प्रोफेसरबाट बढुवा गरिएको हो ।
लाइसेन्स बिना ल्याबमा काम गर्न नपाइने भएपनि उनीहरूको हकमा त्यसलाई लागु नगरेको पाइएको छ । छनौट समितिले समेत लाइसेन्सबिना बढुवा नगर्न सुझाव दिएपनि उपकुलपतिले कार्यान्वयन गरेनन् । विज्ञापन खुलाउँदा पनि गोप्य राखिएको र वेबसाइटमा समेत नराखिएको एक पदाधिकारी कार्यकारी समितिका सदस्यले जानकारी दिए ।
अख्तियारमा मुद्दा
अस्पताल उपकरण र फर्निचरको खरिद प्रक्रियामा रहेको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको छ । चिकित्सक, शिक्षक र कर्मचारीले दिएको निवेदनमा दुई अर्ब रुपियाँभन्दा बढीको गैरकानुनी टेन्डर रद्द गर्न माग गरिएको छ । भीसीको मनोमानी र गैरकानुनी गतिविधिले प्रतिष्ठान ध्वस्त भएको उल्लेख गरिएको निवेदनमा साउन १० गते आह्वान भएको बोलपत्रमा भ्रष्टाचार भएको बताइएको छ ।
रजिस्ट्रार र कार्यकारी समितिलाई जानकारी नदिई स्रोत सुनिश्चित नभएको विवादित मातृशिशु भवनको लागि उपकरण खरिद गर्न लागिएको निवेदनमा उल्लेख छ । सी–००७१५३ दर्ता नम्बर रहेको निवेदन साउन २२ गते दर्ता भएको हो ।
सोही निवेदनमा असार २८ गते प्रकाशित कर्मचारी बढुवाको सूचनामा पनि आर्थिक चलखेल भएको र आफ्ना मान्छे मात्र भर्ती गरेको आरोप छ । बढुवाको प्रक्रिया नेपाल मेडिकल काउन्सिल, मेडिकल एजुकेसन कमिसन र प्रतिष्ठानको ऐन विपरीत भएको निवेदनमा उल्लेख गरिएको छ । जसमा विषय अख्तियारले अनुसन्धान गरिरहेको छ ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












