एमाले पोलिटब्युरो बैठक आजदेखि सुरु हुँदै
काठमाडौं। नेकपा एमालेको पोलिटब्युरो बैठक आजबाट सुरू हुँदैछ। ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे पोलिटब्युरो बैठक बस्ने भएको हो। भदौ १३ गते बिहीबार बसेको एमाले सचिवालय बैठकले पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आजदेखि पोलिटब्युरो बैठक बस्न लागेको हो।
एमालेको पोलिटब्युरो बैठक भोलि (बुधबार) सम्म चल्नेछ। बैठकमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी कामको योजनाबारे विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्। गौतमका अनुसार कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन, सदस्यता र संगठन विस्तार अभियान समेटिएका छन्।
त्यस्तै बैठकले सदस्यता विस्तार अभिलेखीकरण र नवीकरणको कामलाई प्रभावकारी बनाउनेबारे छलफल हुने जनाएको छ। त्यस्तै एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय यसअघिकै केन्द्रीय कमिटीले निर्णय गरिसकेको छ। आजबाट सुरू हुने पोलिट्ब्युरोले २०८४ सम्मकै ठोस कार्ययोजना बनाउने एमालेले बताएको छ। त्यस्तै बैठकमा सरकारको एक महिने कामको समीक्षा, स्थानीय तहको उपनिर्वाचन, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ। एमालेमा ९० सदस्यीय पोलिटब्युरो छ।
Comments
अरु समाचार
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित...












