जापानका प्रधानमन्त्रीद्वारा मध्यावधि निर्वाचनका लागि संसद विघटन
काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आगामी अक्टोबर २७ मा हुने मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा बुधबार संसद विघटन गरेका छन् ।
इशिबाको लिबरल डेमोक्रेयाटिक पार्टी (एलडीपी) ले दशकौँदेखि जापानमा लगभग निर्बाध रूपमा शासन गर्दै आएको छ । यो दलमा बारम्बार नेता परिवर्तन भइरहँदा जनताको विश्वास घट्ने क्रम बढेको छ । एलडिपी पुनः निर्वाचित हुने लगभग निश्चित छ ।
गत हप्ता मात्र प्रधानमन्त्रीमा नियुक्त भएका इशिबा जापानको जनसाङ्ख्किीय सङ्कटबाट प्रभावित गरिब क्षेत्रका साथै रक्षामा खर्च बढाउने जस्ता नीतिहरू मार्फत आफ्नो जनादेशलाई अगाडि बढाउन चाहान्छन् ।
इशिबाले बुधबार पत्रकारहरूसँग भने, “हामी यो निर्वाचनलाई निष्पक्ष र इमानदारीपूर्वक सामना गर्न चाहन्छौं, ताकि यो सरकारले (जनताको) विश्वास प्राप्त गर्न सकोस्।”
संसदका सभामुखले सम्राटको छाप भएको प्रधानमन्त्रीको पत्र पढेर सुनाएका थिए, जसमा सांसदहरूले ‘बन्जाई’ को नारा लगाएपछि औपचारिक रूपमा संसद् विघटन गरेका हुन् ।
इशिबाका पूर्ववर्ती फुमियो किशिदाको तीन वर्षे सरकारले स्लश कोष प्रकरण र बढ्दो मूल्यवृद्धिमा मतदाताको असन्तोषका कारण अत्यधिक न्यून दरमा अनुमोदित हुनुपरेको थियो।
गत हप्ता भएको सर्वेक्षणले इशिबालाई ४५–५० प्रतिशतले अनुमोदन गरेको थियो भने किशिदा प्रशासनको अन्तिम महिनामा किशिदालाई २०–३० प्रतिशत अनुमोदन दर (समर्थन) थियो ।
इशिबाका समर्थकहरूले आत्म–स्वीकृत प्रतिरक्षा ‘गीक’ र एलडीपीको संस्थापन पक्षका मुखर आलोचक इशिबाले पार्टीको लोकप्रियतालाई बढावा दिने र युवाहरूलाई मतदानमा आकर्षण गर्ने विश्वास लिएका छन् ।
टोकियो विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक यु उचियामाका अनुसार अहिले संसद् विघटन गरेर ६७ वर्षीय इशिबाले आफ्नो ‘१०० दिन’ को शासन अवधि सकिनुअघि नै आफ्नो पार्टीलाई परीक्षण गर्न चाहेका छन् ।
उनले एएफपीसँग भने, “पार्टीको नेतृत्वमा ‘अनुहार’ परिवर्तन हुनेबित्तिकै मध्यावधि चुनाव घोषणा गर्न चाहनु बुद्धिमानी हो । अझै पनि एलडिपीप्रतिको समर्थन कायमै छ।
उचियामाले इशिबा पनि विपक्षी शक्तिलाई समात्न चाहनुहुन्छ किनकि एलडीपीका शत्रुहरू चुनावमा एकअर्कासँग कसरी समन्वय गर्ने भन्नेबारे अनिश्चित छन्।
तर यति चाँडो मध्यावधि निर्वाचन गर्ने प्रधानमन्त्रीको निर्णयले संसद्मा प्रतिपक्षलाई प्राथमिकता दिने उनको अघिल्लो प्रतिबद्धताविपरीत काम गरेको भन्दै आलोचना पनि भएको छ ।
“केही मतदाताले यसलाई राजनीतिक लाभका लागि संसद् विघटन गर्न ‘आफ्नो पार्टीभित्रको दबाबका सामु झुक्नु’ निराशाजनक सङ्केतका रूपमा हेरेका छन्,” उचियामाले भने ।
सप्ताहन्तमा इशिबाले एलडिपीले चुनावमा राजनीतिक चन्दा काण्डमा मुछिएका पार्टीका केही अपमानित सदस्यहरूलाई समर्थन नगर्ने घोषणा गरेका थिए ।
यो घोषणाले उहाँ ‘कडा’ हुन सक्नुहुन्छ र ‘सम्भवतः उनस्प्रति जनताको विश्वास केही हदसम्म पुनः प्राप्त गर्न सक्छन्’ भन्ने कुरा जनतासामु प्रदर्शन गर्ने उनको चाहनालाई प्रतिबिम्बित गरेको उचियामाले बताए ।
इशिबाले एसियामा सुरक्षा वातावरण ‘दोस्रो विश्वयुद्धको अन्त्यपछिको सबैभन्दा गम्भीर’ रहेको बताउँदै शुक्रबार आफ्नो पहिलो नीति भाषणमा ‘भोलिको पूर्वी एसिया आजको युक्रेन हुन सक्ने’ चेतावनी दिएका छन् ।
जापानले पनि जनसाङ्ख्यिकीय सङ्कटको सामना गरिरहेको छ किनकि जापानको वृद्ध उमेर समूहको जनसङ्ख्या र जन्म दर निकै चिन्ताजनक छ । इशिबाले यसलाई आफ्नो नीति तथा कार्यक्रममा ‘विल्कुल सङ्कटोन्मुख’ को संज्ञा दिएका थिए।
उनले आफ्नो सरकारले काम गर्ने समयलाई लचिलो पार्दे परिवारिक वातावरणका उपायहरूलाई बढावा दिने बताका छन् ।
इशिबा प्रशासनले ‘जापानको अर्थव्यवस्था लाई अपस्फीतिबाट बाहिर निकाल्ने सुनिश्चित गर्ने’ प्रतिज्ञा गरेको छ भने नयाँ प्रोत्साहन प्याकेजको साथसाथै स्थानीय सरकार र कम आय भएका परिवारहरूको लागि सहयोग गरी आय बढाउन चाहन्छ।
यसैबीच, जापानको प्रमुख विपक्षी दल ‘कन्स्टिच्युसनल डेमोक्र्याटिक पार्टीले समलिङ्गी विवाहलाई वैधानिकता दिने प्रतिबद्धतासहित विविध विषयमा एलडिपीभन्दा आफूलाई अलग राख्न चाहेको छ । यसले विवाहित दम्पतीलाई छुट्टै उपनाम राख्न अनुमति दिने प्रतिज्ञा पनि गरेको छ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












