पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै
काठमडौं । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन् ।
सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताए ।
“हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको थियो,” उनले भने “मौसमको खराबी र प्रतिकुल भूगोलका कारण शव सङ्कलन गरेर घट्नास्थलबाट ल्याउने प्रयास सफल भएको छैन् ।”
बुधबार, बिहिबार र शुक्रबार शव ल्याउन गएको हेलिकप्टर रित्तै फर्किएको थियो । शनिबार दसैँ भएकाले र आइतबार हिमालमा कुहिरो लागेकाले हेलिकप्टर जान सकेनन् । सम्बद्ध टेकीङ कम्पनीले अनुकुल मौसम भएमा सोमबार शव ल्याउन हेलिहप्टरमा उद्धार टोली पठाउने जानकारी आएको प्रनाउ श्रेष्ठले बताए ।
आधार शिविरमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनिहरु सात हजार छ सय मिटरको उचाइबाट असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कबिहिन भएका थिए । प्रहरीका अनुसार रुसी नागरिक अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव असोज २३ गते दिउँसो भेटिएको थियो ।
‘आइ एम टेकीङ एण्ड एक्सपीडिसन’मार्फत रुसका १४ पुरुष पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । नौ पर्वतरोही बिचमै आरोहण रद्द गरेर फर्किएका थिए । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रुसका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए ।
Comments
अरु समाचार
-
भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ ।...
-
साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा
काठमाडौं । नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल...
-
लेबनानमा सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः सेना
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।...
-
अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना
काठमाडौं । अन्तर व्यवस्थापिका सङ्घको १४९औँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहनुभएका राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घका अध्यक्ष डा तुलिया...
-
लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपाल सरकारद्वारा निन्दा,युद्धमा अन्तर्राष्ट्रिय कानुन पालना गर्न आग्रह
काठमाडौं । लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको नेपालले निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको...
-
घोडाघोडीमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
काठमाडौं । विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा पर्यटकको चहलपहल बढेको छ। घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाहले दसैँदेखि...
-
चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध
काठमाडौं । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी...
-
मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द हुने
काठमाडौं । मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक...