बझाङमा १२ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै
काठमाडौं । बझाङ जिल्लाका १२ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ ।
यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । विद्यालयमै पुगेर कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । उनले १२ वटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी खोप अभियान चलाउने बताए । विद्यालय जाने गाउँका किशोरीलाई उमेरका आधारमा खोप लगाइने उनले बताए ।
साइपाल गाउँपालिकामा विद्यालय जाने किशोरी एक सय ७४ जना र नजाने २० जना गरी एक सय ९४ जना, बुङ्गल नगरपालिकामा दुई हजार ५८, जयपृथ्वी नगरपालिकामा एक हजार तीन सय छ, सुर्मा गाउँपालिकामा पाँच सय ७७, तलकोटमा आठ सय २५, मष्टामा नौ सय ११, छविसपाथिभेरामा सात सय ५९, दुर्गाथलीमा सात सय ६१, केदारस्यूँमा एक हजार छ सय ६९, वित्थडचिरमा एक हजार दुई सय ५२, थलारामा आठ सय ५३ र खप्तडछान्ना गाउँपालिकामा आठ सय ७१ किशोरीलाई खोप लगाउने उनले बताए ।
जिल्लाभरि विद्यालय जाने ११ हजार आठ सय ३५ र विद्यालय नजाने दुई सय ९१ गरी १२ हजार एक सय २६ किशोरीलाई खोप लगाइने बताए । खोप लगाउनका लागि जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाभर दुई सय ९१ स्वास्थ्यकर्मी र चार सय ३४ जना स्वयंम्सेवक गरी छ सय ५१ स्वास्थ्यकर्मी परिचालन गरिने जनाएको छ ।
Comments
अरु समाचार
-
होलीमा यस्तो देखियो बसन्तपुर र न्युरोड क्षेत्र (तस्बिरहरु)
काठमाडौं । काठमाडौंको बसन्तपुरमा बिहीबार पचासौं हजार होली खेल्न भेला भए । विशेषतः युवायुवतीहरुले रंगहरुको पर्व होली यहाँ भेला भएर...
-
युक्रेनमा युद्धविरामको बारेमा छलफल गर्न अमेरिकी अधिकारीहरू रुस जाँदै
काठमाडौं । युक्रेनमा सम्भावित युद्धविरामको बारेमा छलफल गर्न अमेरिकी अधिकारीहरू आज रुस जाँदैछन् । साउदी अरेबियामा अमेरिकी अधिकारीहरूसँगको बैठकपछि युक्रेनी...
-
३२ वटा क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार सर्वसम्मत निर्वाचित
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एक आङ्गिक क्याम्पससहित ३२ वटा क्याम्पसमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र...
-
‘महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ’
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले महिलाका अधिकार रक्षा तथा उनीहरुको सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध...
-
हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
काठमाडौं । बर्दियाको ठाकुरबाबा नगरपालिका-२ बलातीमा जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय बोलीराम थारूको मृत्यु भएको छ। गए राति करिब ११...
-
सगरमाथा आरोहीहरूलाई सुरक्षित बाटो बनाउन ‘आइसफल डाक्टर’
सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी शुरू भएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल...
-
सुदूरपश्चिममा लेखाका कर्मचारी फेरि आन्दोलित, मुख्यमन्त्री कार्यालयमा धर्ना थाले
धनगढी । सुदूरपश्चिम प्रदेशमा आर्थिक प्रशासनका सबै कामकाज ठप्प पारेर लेखा समूहका कर्मचारी फेरि आन्दोलित भएका छन् । प्रदेश सरकारले...
-
अलैँचीको मूल्यमा गिरावट, कृषक चिन्तित
काठमाडौं । अलैँचीको मूल्यमा निरन्तर गिरावट आएसँगै संखुवासभा, ताप्लेजुङ सहित पूर्वी पहाडी जिल्ला पाँचथर, इलाम तेह्रथुमका कृषक तथा व्यापारीहरू मारमा...
-
नेपालमा राजतन्त्रवादी लहरः असन्तोषको अभिव्यक्ति कि राजनीतिक रणनीति?
काठमाडौं । नेपालमा पछिल्ला दिनहरूमा राजतन्त्रका पक्षमा आन्दोलन पुनः सक्रिय बन्दै गएको छ । काठमाडौं लगायत देशका प्रमुख सहरहरूमा हजारौँले...