नयाँ वर्षको अवसरमा लेक साइडमा २० औँ फेवा महोत्सव हुने
काठमाडौं । नयाँ वर्षको स्वागतका लागि २० औँ पटक आयोजना गर्न लागिएको फेवा नव वर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल संघ पोखरा नेपालले आगामी चैत ३० देखि वैशाख १ गतेसम्म लेक साइडमा यो महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सवलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति गठन गरी काम अगाडि बढाइएको महोत्सवका संयोजक एवं होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । अङ्ग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षलाई पनि उत्तिकै महत्व दिएर मनाउने र नेपाली कला तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्य महोत्सवले लिएको संयोजक सुवेदीले बताएका छन् ।
देश विदेशका पर्यटकलाई पोखरामा आकर्षित गर्ने र फेवा तालको संरक्षणमा सचेतना फैलाउने उद्देश्य पनि महोत्सवले राखेको छ । ड्याम साइडदेखि गैराको चौतारासम्मको ३ किलोमिटरभन्दा लामो क्षेत्रमा सडकमै यो महोत्सव आयोजना हुनेछ । निःशुल्क प्रवेशको व्यवस्था महोत्सवमा हुने आयोजक समितिले जनाएको छ । विभिन्न खानाका परिकार, नेपाली मौलिक कला र संस्कृति झल्कने नाचगान, पर्यटकीय स्टलहरू र खेलकुदका कार्यक्रमसमेत महोत्सवमा समेटिने छन् ।
महोत्सवका आगन्तुक र पोखरा आउने पाहुनालाई सङ्घले प्रदान गर्ने विशेष छुटको घोषणा छिट्टै गरिने सङ्घले स्पष्ट पारेको छ । पछिल्लो क्रममा स्तरोन्नति हुँदै गरेको पृथ्वी राजमार्गको धेरैजसो खण्डको यात्रा पनि सहज हुन थालेको जनाउँदै संयोजक सुवेदीले पाहुनाहरूलाई नेपाली नयाँ वर्ष मनाउन पोखरा आउन आव्हान गरे ।
Comments
अरु समाचार
-
२० निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको उक्त...
-
अण्डाको नयाँ बिक्री मूल्य तोकियो, आजदेखि लागु
काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ । संघको काठमाडौँमा सम्पन्न बैठकले अण्डा...
-
अमेरिकी डलरको मूल्य उच्च हुँदा अरुको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य...
-
औपचारिक रूपमा अघि बढ्यो आर्थिक वर्ष २०८३–८४ को बजेट निर्माण प्रक्रिया
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। राष्ट्रिय योजना आयोगका अनुसार सम्भावित...
-
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
-
आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो, कतिमा हु्नेछ कारोबार ?
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा तीन...
-
‘विनोद चौधरीले कार्यकर्ताको लेभी जति पनि डोनेसन दिएनन्’
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्व अर्बपति व्यापारी विनोद चौधरीले कार्यकर्ताको लेभी जति पनि डोनेसन नदिएको जनाएका छन्...
-
माघ महिनाका लागि १२ वाणिज्य बैंकले घटाए ब्याजदर, कसको कति ?
काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्। नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १२ ले सार्वजनिक गरेको...
-
कति छ विदेशी मुद्राको विनिमयदर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...











