अन्ततः ब्याक भयो राप्रपाः आन्दोलन शान्तिपूर्ण हुने दाबी, सरकारलाई यस्तो अपिल
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबारको प्रदर्शन प्रतिकात्मक र शान्तिपूर्ण हुने बताएको छ ।
सरकारले निषेधाज्ञा तोड्ने वा कानूनको उल्लङ्घन गर्न खोजे कारबाही गर्ने चेतावनी दिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण आन्दोलन गर्ने प्रतिक्रिया दिएका हुन् ।
सरकार निरंकुश बनिरहेको आरोप लगाएका लिङ्देनले भनेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ ।’
राजसंस्था, हिन्दु राष्ट्र लगायतका मुद्दा बोकेर आन्दोलनमा उत्रिएको राप्रपाले आन्दोलनमा सिमित नेताहरु मात्रै उपस्थित हुने भनेको छ। राप्रपा नै वैचारिक दृष्टीकोणले प्रमुख प्रतिपक्षी पार्टी भएको लिङ्देनको दाबी छ । राप्रपाको आन्दोलनबाट सरकार डराउनु नपर्ने लिङ्देनको दाबी छ । राप्रपाले आज बिजुलीबजारबाट आन्दोलन गर्ने भनेको छ ।
केहिदिन पहिले मात्रै राप्रपाले निषेधाज्ञा तोड्ने चेतावनी दिएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहसँग शनिवार लञ्च मिटिङ गरेपछि राप्रपाले आन्दोलनको रणनीति फरक ढंगले लैजाने तयारी गरिरहेको भनिन्छ । राजसंस्थाको पक्षमा माहोल निर्माण गर्न पूर्वराजा ज्ञानेन्द्रले जोडतोडका साथ लाग्न भनेका छन् ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












