अन्ततः ब्याक भयो राप्रपाः आन्दोलन शान्तिपूर्ण हुने दाबी, सरकारलाई यस्तो अपिल
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबारको प्रदर्शन प्रतिकात्मक र शान्तिपूर्ण हुने बताएको छ ।
सरकारले निषेधाज्ञा तोड्ने वा कानूनको उल्लङ्घन गर्न खोजे कारबाही गर्ने चेतावनी दिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण आन्दोलन गर्ने प्रतिक्रिया दिएका हुन् ।
सरकार निरंकुश बनिरहेको आरोप लगाएका लिङ्देनले भनेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ ।’
राजसंस्था, हिन्दु राष्ट्र लगायतका मुद्दा बोकेर आन्दोलनमा उत्रिएको राप्रपाले आन्दोलनमा सिमित नेताहरु मात्रै उपस्थित हुने भनेको छ। राप्रपा नै वैचारिक दृष्टीकोणले प्रमुख प्रतिपक्षी पार्टी भएको लिङ्देनको दाबी छ । राप्रपाको आन्दोलनबाट सरकार डराउनु नपर्ने लिङ्देनको दाबी छ । राप्रपाले आज बिजुलीबजारबाट आन्दोलन गर्ने भनेको छ ।
केहिदिन पहिले मात्रै राप्रपाले निषेधाज्ञा तोड्ने चेतावनी दिएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहसँग शनिवार लञ्च मिटिङ गरेपछि राप्रपाले आन्दोलनको रणनीति फरक ढंगले लैजाने तयारी गरिरहेको भनिन्छ । राजसंस्थाको पक्षमा माहोल निर्माण गर्न पूर्वराजा ज्ञानेन्द्रले जोडतोडका साथ लाग्न भनेका छन् ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











