सर्वोच्चको आदेश विद्यालय र परीक्षा समयमै सञ्चालन गर्नेमा केन्द्रितः महासचिव पोखरेल
काठमाडाैं । सर्वोच्च अदालतले नियमित पढाई सुचारु गर्न, एसईईको नतिजा समयमै सार्वजनिक गर्न र कक्षा १२ को परीक्षा समयै सम्पन्न गराउन भन्दै दिएको आदेशमाथि विभिन्न टिप्पणी हुन थालेको छ।
शिक्षक नेताहरुले सर्वोच्चको आदेश सरकारलाई भएको भन्दै आन्दोलन नरोकिने भनिरहेको बेला एमाले महासचिव शंकर पोखरेलले चर्को आक्रोश पोखेका छन् ।
पोखरेलले सर्वोच्चले दिएको आदेश वालवालिकाको भविष्यका लागि भएको भन्दै भनेका छन्, ‘ सर्वोच्च अदालतले वालवालिकाको भविष्यका वारेमा गम्भीर चिन्ता गर्दै निर्देशनात्मक आदेश दिएछ । कतिपय शिक्षक नेताहरु उक्त आदेश सरकारका लागि हो भनेर तर्क गरिरहनु भएको छ । हो आदेश त सरकारलाई हो । तर चिन्ता विद्यालय वन्द भएको कुरा प्रति हो । त्यसमाथि सरकार र राजनीतिक दलले विद्यालय शिक्षा ऐन यस अधिवेशनवाट जारी गर्दछौ भन्दा पनि लिएर मात्र जाने हठ गर्ने शिक्षक नेताहरुको हठका विरुद्धमा हो ।’
यो पनिः कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न सर्वोच्चले दियो आदेश
सर्वोच्चको आदेश शिक्षा ऐन लिएरै जाने हठ गरिरहेका शिक्षकलाई भएको भनेका महासचिव पोखरेलले अनाैपचारिक रुपमा सरकारसँग भएको सम्झाैतालाई कार्यान्वयन गर्दै विद्यालय फर्किनुपर्नेमा जोड दिएका छन् ।
सर्वोच्चको आदेशको मुख्य कुरा विद्यालय र परीक्षा समयमै सञ्चालन गर्नुपर्ने रहेको भन्दै शिक्षकहरुलाई सडक छाड्न पोखरेले अपिल समेत गरेका छन् । तर, शिक्षकहरु भने सडकमा नियमित आन्दोलनमै रहने भनिरहेका छन् । यता, शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ११ बजेदेखि २ बजेसम्मको आन्दोलनमा सभ्य भएर उपस्थित हुन अपिल गरेका छन् ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












