आज मातातीर्थ औँसी, मार्तातीर्थमा ठूलो मेला
काठमाडौं । आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाखकृष्ण पक्षको औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ । आज आमालाई मीठा खानेकुरा र उपहार दिई आशीर्वाद लिइन्छ । आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उहाँले गरेका काम सम्झने गर्छन् ।
वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवम् प्यारा हुन् भनी आमा र जन्मभूमिको महत्त्व दर्शाइएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा।डा देवमणि भट्टराई बताउनुहुन्छ ।
आज विशेषगरी काठमाण्डौको चन्द्रागिरी नगरपालिकामा रहेको मातातीर्थमा मेला लाग्छ । बिहानैदेखि मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्न नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ ।
Comments
अरु समाचार
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...
-
विश्वकप एसिया छनोटः नेपाल र हङकङसँग ७ विकेटले पराजित
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा मंगलबार भएको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । समूह...
-
सगरमाथा संवाद: विश्वका ६१ बढी विकास सहायता संस्थाहरू सहभागी हुँदै
काठमाडौं । नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादमा विभिन्न मुलुकका १ सय ७५ जना प्रमुख तथा प्रतिनिधिसहित ६१ बढी...
-
५२ संवैधानिक पदाधिकारी नियुक्तिको पक्षमा कसिलो संवैधानिक एवं कानूनी आधार प्रस्तुत
काठमाडाैं । चार वर्षअघि संवैधानिक अंगहरूमा पदाधिकारीहरूको रिक्तताले मुलुक नै असफल हुने हो कि भन्ने चिन्ता र भयका बीच तत्कालीन...
-
एमालेलाई मीनबहादुरको दान कानूनसम्मत, बिन्दा र उषाकिरण के गर्लान ?
काठमाडाैं । सर्वोच्च अदालतले बहुचर्चित एमाले मुख्यालय निर्माण विवादमा ऐतिहासिक फैसलाको पूर्णपठ सार्वजनिक गर्दै जग्गा दानलई वैध भनिदिएको छ ।...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौं। म्याग्दीमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३मा बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै...
-
जाजरकोटमा कैदीले कारागार भित्रै आत्महत्या !
काठमाडौं । जाजरकोट कारागारमा एक कैदीले आत्महत्या गरेका छन् । भेरी नगरपालिका–१० का २५ वर्षीय दीपक बुढाले आइतबार कारागारको शौचालयमा...
-
श्रीलङ्कामा बस दुर्घटना हुँदा १५ तीर्थयात्रीको मृत्यु !
काठमाडौं । श्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा १५ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते...
-
नीति तथा कार्यक्रमः कांग्रेस एमालेको ह्वीप
काठमाडाैं । सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेस एमालेले ह्वीप जारी गरेका छन् ।...