ताजा समाचार

जब बालुवाटारमा ओली देउवा छलफलमा जुटे…

काठमाडाैं । सरकार ढल्ने हल्लाकाबीच बालुवाटारमा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहदुर देउवाबीच बेलुका ७ देखि ९ बजेसम्म २ घण्टा लामो छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलको क्रममा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवासंग सरकार ढल्ने हल्लाको विषयमा जिज्ञासा राखेको बताइन्छ ।

‘बालुवाटारमा शीर्ष नेताहरुको गहन छलफल भयो । सत्ता समिकरणमा कुनै समस्या नरहेको र सरकारलाई बलियो र प्रभावकारी ढंगले अघि बढाउनुपर्छ भन्ने विषयमा एकखाले सहमतिको निरन्तरता छ ।’ एक नेताले भने ।

बालुवाटार बैठकमा देउवाले गभर्नर नियुक्तिको विषयमा समेत चासो राखेका थिए भने प्रधानमन्त्री ओलीले यसमा सहमतिको पालना हुनेमा शंका नगर्न भनेका थिए । पछिल्लो समय सरकार ढल्ने हल्ला तीब्र बनेको छ । तर, देउवाले सत्ता समिकरण तलमाथि नहुने दाबी गर्दै आएका छन् ।

बालुवाटारको छलफलमा उपप्रधानमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org