ताजा समाचार

तरकारी बेच्नेमाथि बालेन आतंक, सुकिलाबाहेकलाई महानगरमा बन्देज !

काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले तरकारी बेचेर जिविकोपार्जन गर्नेमाथि प्रहरी लगाएरै उनीहरुलाई लखेट्ने काम गर्न थालेका छन् ।

काठमाडाैंको माछापोखरीमा शुक्रबार बिहान त्यसक्षेत्रको सडक किनारमा साना किसान, व्यापारीहरुले बिहान करिब ४ बजेदेखि ७ बजेसम्म तरकारी बेच्दै आएका छन् । उनीहरुका कारण सडक अवरुद्ध बनेको भन्दै महानगरले प्रहरी राखेर बल प्रयोग गर्दै तमासा देखाएको छ ।

महानगर प्रहरी माछापोखरी सडकमा लस्करै सडकमा उभएर सवारी आवागमन समेत प्रभावित पारेका हुन् । सडकमा बसेर तरकारी बेचेर जिविकोपार्जन गर्नेमाथि प्रतिबन्ध लगाउन खोज्दा सडक अवरुद्ध बनेपछि आलोचना शुरु भएको छ।

उसोतः बालेनले कवाडीदेखि सडकमा व्यापार गरेर गुजारा गर्नेमाथि निर्मम ढंगले प्रहार गर्ने गरेका छन् ।

काठमाडाैं सुकिलामुकिलाको सहर हो भन्ने भाष्य स्थापित गर्न बालेनले मजदूरी गरेर जिविकोपार्जन गर्नेमाथि आतंक फैलाएका छन् । महानगर प्रहरी लगाएर धरपकड गर्ने काममा तीब्रता आएको देखिन्छ । सडकबाट लखेटेकाहरुलाई स्थापित नगर्ने बालेनको यस्तो कदम आलोचनामा पर्ने गरेको छ ।

बालेनले महानगरको कार्यालयमा आफू र उनले चाहेका केहि सिमित व्यक्तिमात्रै चढ्न मिल्ने लिफ्ट बनाएर कार्यालय आउजाउ गर्ने गरेका छन् । सर्वसाधारणसँग भेट्दै नभेट्ने बालेनले पीए भुपदेव शाहमार्फत सेटिङदेखि अनेक धन्दा चलाएको आरोप लागिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org