तरकारी बेच्नेमाथि बालेन आतंक, सुकिलाबाहेकलाई महानगरमा बन्देज !
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले तरकारी बेचेर जिविकोपार्जन गर्नेमाथि प्रहरी लगाएरै उनीहरुलाई लखेट्ने काम गर्न थालेका छन् ।
काठमाडाैंको माछापोखरीमा शुक्रबार बिहान त्यसक्षेत्रको सडक किनारमा साना किसान, व्यापारीहरुले बिहान करिब ४ बजेदेखि ७ बजेसम्म तरकारी बेच्दै आएका छन् । उनीहरुका कारण सडक अवरुद्ध बनेको भन्दै महानगरले प्रहरी राखेर बल प्रयोग गर्दै तमासा देखाएको छ ।
महानगर प्रहरी माछापोखरी सडकमा लस्करै सडकमा उभएर सवारी आवागमन समेत प्रभावित पारेका हुन् । सडकमा बसेर तरकारी बेचेर जिविकोपार्जन गर्नेमाथि प्रतिबन्ध लगाउन खोज्दा सडक अवरुद्ध बनेपछि आलोचना शुरु भएको छ।
उसोतः बालेनले कवाडीदेखि सडकमा व्यापार गरेर गुजारा गर्नेमाथि निर्मम ढंगले प्रहार गर्ने गरेका छन् ।
काठमाडाैं सुकिलामुकिलाको सहर हो भन्ने भाष्य स्थापित गर्न बालेनले मजदूरी गरेर जिविकोपार्जन गर्नेमाथि आतंक फैलाएका छन् । महानगर प्रहरी लगाएर धरपकड गर्ने काममा तीब्रता आएको देखिन्छ । सडकबाट लखेटेकाहरुलाई स्थापित नगर्ने बालेनको यस्तो कदम आलोचनामा पर्ने गरेको छ ।
बालेनले महानगरको कार्यालयमा आफू र उनले चाहेका केहि सिमित व्यक्तिमात्रै चढ्न मिल्ने लिफ्ट बनाएर कार्यालय आउजाउ गर्ने गरेका छन् । सर्वसाधारणसँग भेट्दै नभेट्ने बालेनले पीए भुपदेव शाहमार्फत सेटिङदेखि अनेक धन्दा चलाएको आरोप लागिरहेको छ ।
Comments
अरु समाचार
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











