सांसद भट्टचनको पहलमा दामोदरकुण्ड र गुरुसाङ्वो गुफा पदमार्गमा दुई झोलुङ्गे पुल बन्ने !
काठमाडौं । संघीय सांसद देवीप्रकाश भट्टचनको पहलमा मुस्ताङ जिल्लाका दुई महत्वपूर्ण धार्मिक पदमार्गहरूमा झोलुङे पुल निर्माण हुने भएको छ।
सांसद भट्टचनको पहलमा नेपाल सरकारको अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि झोलुङे पुल निर्माणका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेसँगै लामो समयसम्म निर्माण हुन नसकेका पुल निर्माण हुने भएका हुन् ।
कस्ता बन्छन् नयाँ पुल ?
निर्माण हुने दुई पुलमध्ये पहिलो लोघेकर दामोदरकुण्ड पदमार्ग अन्तर्गत भर्सा खोलामा ४७० मिटर लामो हुनेछ । त्यस्तै दोस्रो थासाङ गाउँपालिका–२ को नाउरिकोट–गुरुसाङ्वो गुफा पदमार्गमा ४६० मिटर लामो पुल निर्माण गरिनेछ। यी दुवै पुल सस्पेन्सन ब्रिज डिभिजन कार्यालयमार्फत निर्माण गरिने जनाइएको छ।
सस्पेन्सन ब्रिज डिभिजनका इञ्जिनीयर प्रवेश रेग्मीका अनुसार दामोदरकुण्ड जाने भर्सा खोलाको पुलको लागत अनुमान ११ करोड ४६ लाख रुपैयाँ रहेको छ । त्यस्तैगुरुसाङ्वो गुफा मार्गको पुल लागत ६ करोड रुपैयाँ रहेको छ। बहुवर्षीय ठेक्काको स्वीकृति पाउन अर्थ मन्त्रालयमा प्रक्रिया अघि बढाइएको र स्वीकृति प्राप्त भएलगत्तै ठेक्का प्रक्रिया सुरु हुने बताइएको छ।
यात्रा अवधि घट्ने
धार्मिक स्थल समुद्री सतहदेखि ५१०७ मिटर उचाइमा रहेको छ। पुल निर्माणपछि हालको ९ घण्टाको पैदल यात्रा ५ घण्टामा छोटिने अनुमान गरिएको छ। यसले तिर्थ यात्रीहरुलाई यात्रा सजिलो बनाउने छ।
यस्तै, थासाङ–२ मा पर्ने जानका लागि हाल मुख्य सडकबाट पैदल एक घण्टा लाग्ने यात्रा पुल निर्माणपछि आधा घण्टा कम हुने वडाध्यक्ष गौतम शेरचनले बताए । गुरुसाङ्वो गुफा गुरु पद्यसम्भवले ध्यान गरेको महत्वपूर्ण धार्मिक स्थल हो।
गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले संघीय सांसद भट्टचनको सक्रियतामा पुल निर्माणको डीपीआर सम्पन्न भइसकेको र बजेट समेत विनियोजन भएको बताए। निर्माण सम्पन्न भएपछि तीर्थयात्रा, धार्मिक पर्यटन तथा स्थानीय विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
Comments
अरु समाचार
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...
-
‘मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैन’
काठमाडौँ । आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह विस्तार, उत्पादनमुखी लगानी प्रोत्साहन र नीतिगत स्थायित्व सुनिश्चित गर्न नसके अर्थतन्त्रले अपेक्षित गति...












