ताजा समाचार

सांसद मेटमणी चाैधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरको जाहेरी

दाङ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चाेधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको छ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका सांसद चाैधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरको मुद्दा प्रक्रिया अघि बढेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले सांशद चाैधरीविरुद्ध हुलाकमार्फत बैंकिङ कसुरमा जाहेरी परेपछि मुद्दा प्रक्रिया अघि बढेको हो ।

उनी दाङ- १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । चेक अनादरको जाहेरीपछि प्रहरीले अनुसन्धान थालेको बताएको छ। चाैधरी नेकपा एसको प्रतिनिधिसभाको प्रमुख सचेतक समेत हुन् ।

उजुरी कसले हालेको भन्ने बारे प्रहरीले केही खुलाएको छैन । चाैधरीसंग फोन सम्पर्क गर्न खोज्दा उनको फोन भने स्विच अफ रहेको पाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org