ताजा समाचार

सर्वोच्चका लागि नियुक्त तीन न्यायाधीशको सपथ मंगलबार

काठमाडाैं । सर्वोच्च अदालतका लागि संसदीय सुनुवाई समितिबाट अनुमोदित तीन न्यायाधीशलाई राष्ट्रपति रामचन्द्र पाैडेलले नियुक्त गरेका छन् ।

सर्वोच्चका लागि नियुक्त न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापालाई अनुमोदन गरेको थियो ।

न्यायाधीशमा नियुक्त तीनै जनाको सपथ भने भोलिमात्रै हुने भएको छ ।

सर्वोच्च स्रोतका अनुसार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत काठमाडाैं बाहिर रहेकाले उनी फर्किएपछि भोलिमात्रै सपथ हुने भएको हो ।

सर्वोच्चका लागि नियुक्त न्यायाधीशको सपथ राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउन प्रचलन रहेको छ । यस्तै, न्याय परिषद् सदस्यमा प्रश्तावित महेशकुमार नेपालको पनि भोलि नै सपथ हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org