बालेनका पीए भुपदेवको अनाधिकृत हस्तक्षेपः प्रमुख प्रशासकीय अधिकृतमाथि गैरकानूनी दबाब
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’का स्वकिय सचिव भुपदेव शाहले आफुले नपाएको अधिकारको प्रयोग गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बिदामा बस्न दबाब दिएको खुलेको छ ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई शाहले कानूनविपरितका काम गर्न नमानेपछि अहिले कि बिदामा बस्न वा सरुवा लिएर जान दबाब दिएको स्रोतको दाबी छ ।
‘कानूनभन्दा बाहिर गएर गुरागाईंले कुनै पनि काम रग्न नमानेपछि भुपदेवसहित बालेनको सचिवालय ठन्डाराम बन्न पुगेको छ । करोडाैं घुस क्षणभरमै उठाउने यो समूह गुरागाईको सक्रियतापछि थला पर्यो । अनि अहिले दबाब दिएर उनलाई बिदामा बस्न वा सरुवा लिएर जान भनिरहेको छ । गुरागाईं पनि यो मुलुकको नागरिक भएकाले गलत काम रोक्ने कुरामा पछि हट्नु हुन्न । महानगरमा उनलाई जनप्रतिनिधिदेखि धेरैको साथ छ ।’ महानगरका एक जनप्रतिनिधिले न्यूज नेपाललाई भनेका छन् ।
भ्रष्टाचारमा संलग्न रहेको आरोपमा अख्तियारमा बयान दिन गइरहेका शाहले गुरागईंलाई बिदा गर्दै नुरनिधि न्याैपानेलाई निमित्त दिने षडयन्त्र रचिरहेको स्रोतको दाबी छ ।
नुरनिधि न्याैपाने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसंगै कारबाहीमा परेका व्यक्ति हुन् । उनी त्यो बेला कारबाहीमा परेपछि बालेन ग्याङ्गलई अब जस्ता पनि निर्णयमा हस्तक्षर गर्ने र फाइल नरोक्ने सर्तमा अहििले चलखेल बढाउन पुगेको स्रोतको दाबी छ ।
ठमेलका विभिन्न प्रकरणमा करोडाैं रकम घुस लिएको आरोपपछि अख्तियारले शाहविरुद्ध विस्तृत अनुसन्धान गरिरहेको छ । आफू जतिबेला पनि अख्तियारको दायराबाट अदालत जानुपर्ने हुन सक्ने ठानेका शाहले न्याैपानेलाई सक्रिय बनाएर करोडाैं हत्याउने षडयन्त्र गरिरहेका छन् ।
गुरागाईंलाई बिदामा बसाएर कानूनविपरितका काम गराउन न्याैपानेलाई च्याप्न थालिएको स्रोतको दाबी छ ।
‘युवा सह-सचिवका रुपमा चिनिएका प्रदीप परियारलाई बालेन एण्ड कम्पनीले गैरकानूनी काम गर्न लगाए । उनी त्यसमा प्रभावित बने । अख्तियारले अनुसन्धान गरेपछि कैफियत भेट्टायो । विशेष अदालतमा मुद्दा चलिरहेको छ । अहिले उनी धराैटीमा छुटेका छन् । अब नुरनिधिलाई पनि यहि बाटोमा लैजाने यो ग्याङ्गले सक्रियता बढाएको छ ।’ महानगर उच्च स्रोतले न्यूज नेपाललाई बतायो ।
काठमाडाैं महानगरपालिकाले असार सकिनै लाग्दा समेत आगामी वर्षका लागि बजेट ल्याउन सकेको छैन् । महानगर बजेट शून्यतामा जाने खतरा भएपछि बालेनले हारगुहार गर्दै विभिन्न भेटवार्ता समेत गरिरहेको बताइन्छ । तर, महानगरमा प्रमुख प्रशासकीय अधिकृतबिना बैठक सम्भव नहुने उपमेयर सुनिता डंगोलले बताउदै आएकी छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











