बालेनका पीए भुपदेवको अनाधिकृत हस्तक्षेपः प्रमुख प्रशासकीय अधिकृतमाथि गैरकानूनी दबाब
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’का स्वकिय सचिव भुपदेव शाहले आफुले नपाएको अधिकारको प्रयोग गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बिदामा बस्न दबाब दिएको खुलेको छ ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई शाहले कानूनविपरितका काम गर्न नमानेपछि अहिले कि बिदामा बस्न वा सरुवा लिएर जान दबाब दिएको स्रोतको दाबी छ ।
‘कानूनभन्दा बाहिर गएर गुरागाईंले कुनै पनि काम रग्न नमानेपछि भुपदेवसहित बालेनको सचिवालय ठन्डाराम बन्न पुगेको छ । करोडाैं घुस क्षणभरमै उठाउने यो समूह गुरागाईको सक्रियतापछि थला पर्यो । अनि अहिले दबाब दिएर उनलाई बिदामा बस्न वा सरुवा लिएर जान भनिरहेको छ । गुरागाईं पनि यो मुलुकको नागरिक भएकाले गलत काम रोक्ने कुरामा पछि हट्नु हुन्न । महानगरमा उनलाई जनप्रतिनिधिदेखि धेरैको साथ छ ।’ महानगरका एक जनप्रतिनिधिले न्यूज नेपाललाई भनेका छन् ।
भ्रष्टाचारमा संलग्न रहेको आरोपमा अख्तियारमा बयान दिन गइरहेका शाहले गुरागईंलाई बिदा गर्दै नुरनिधि न्याैपानेलाई निमित्त दिने षडयन्त्र रचिरहेको स्रोतको दाबी छ ।
नुरनिधि न्याैपाने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसंगै कारबाहीमा परेका व्यक्ति हुन् । उनी त्यो बेला कारबाहीमा परेपछि बालेन ग्याङ्गलई अब जस्ता पनि निर्णयमा हस्तक्षर गर्ने र फाइल नरोक्ने सर्तमा अहििले चलखेल बढाउन पुगेको स्रोतको दाबी छ ।
ठमेलका विभिन्न प्रकरणमा करोडाैं रकम घुस लिएको आरोपपछि अख्तियारले शाहविरुद्ध विस्तृत अनुसन्धान गरिरहेको छ । आफू जतिबेला पनि अख्तियारको दायराबाट अदालत जानुपर्ने हुन सक्ने ठानेका शाहले न्याैपानेलाई सक्रिय बनाएर करोडाैं हत्याउने षडयन्त्र गरिरहेका छन् ।
गुरागाईंलाई बिदामा बसाएर कानूनविपरितका काम गराउन न्याैपानेलाई च्याप्न थालिएको स्रोतको दाबी छ ।
‘युवा सह-सचिवका रुपमा चिनिएका प्रदीप परियारलाई बालेन एण्ड कम्पनीले गैरकानूनी काम गर्न लगाए । उनी त्यसमा प्रभावित बने । अख्तियारले अनुसन्धान गरेपछि कैफियत भेट्टायो । विशेष अदालतमा मुद्दा चलिरहेको छ । अहिले उनी धराैटीमा छुटेका छन् । अब नुरनिधिलाई पनि यहि बाटोमा लैजाने यो ग्याङ्गले सक्रियता बढाएको छ ।’ महानगर उच्च स्रोतले न्यूज नेपाललाई बतायो ।
काठमाडाैं महानगरपालिकाले असार सकिनै लाग्दा समेत आगामी वर्षका लागि बजेट ल्याउन सकेको छैन् । महानगर बजेट शून्यतामा जाने खतरा भएपछि बालेनले हारगुहार गर्दै विभिन्न भेटवार्ता समेत गरिरहेको बताइन्छ । तर, महानगरमा प्रमुख प्रशासकीय अधिकृतबिना बैठक सम्भव नहुने उपमेयर सुनिता डंगोलले बताउदै आएकी छन् ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












