घुस दिन नमान्नेहरु स्वास्थ्य सेवा विभागका तीन कर्मचारीको चंगुलमा, भुक्तानीमा अनाैठो झेल !
काठमाडाैं । स्वास्थ्य सेवा विभागले घुस लिने विषयलाई औपचारिकता दिदै आएको छ ।
ठेकेदारहरुले काम सम्पन्न गरेपनि भुक्तानी लिँदा घुस नबुझाई काम नहुने भएपछि स्वास्थ्य सेवा विभाग बद्नाम हुँदै गएको हो ।
विभागका कर्मचारीहरु दयाकृष्ण पन्त, भीम देवकोटा र त्रिभुवन खनालले निर्माण गरेको जालोले ठेकेदारलाई हैरानीमात्रै दिएको छैन, भ्रष्टाचारलाई संस्थागत गर्दै लगेको आरोप लाग्न थालेको छ ।
गर्ग डेण्टल प्रालिले विभागबाट ५ करोड भुक्तानीका लागि सबै प्रक्रिया पुरा गरिसकेको छ । तर, खरिद शाखा प्रमुख पन्त, लेखा शाखाका देवकोटा र लेखा अधिकृत खनालले भुक्तानी दिनै मानिरहेका छैनन् ।
कानूनतः गर्गले पोस्ट डेलिभरी इन्सपेक्सन (PDI), दाखिला र गुड एसेप्टेन्स सर्टिफिकेट समेत पाइसकेपनि भक्तानीमा तीनजनाको जालोले रोकिरहेको स्रोतको दाबी छ ।
सम्बन्धित समाचार शीर्षकः विचाैलिया प्रभावमा स्वास्थ्य विभागः आर्थिक अपचलनमा छलाङ !
‘व्यवस्थापन महाशाखाबाट भुक्तानी दिन निर्देशनसहित सबै प्रक्रिया पुरा गरेर फाइलको काम सकिएको छ । ठेकेदारको सबै काम सकिएको छ । तर, पन्त, देवकोटा र खनालले घुसको रकम निश्चित नभएसम्म भूक्तानी नै दिदैनन् । हैरानी जतिसुकै पाएपनि घुस दिनुभन्दा रोकियोस भनेर हामीले कुरेका छाैं । हेराैं, कहिलेसम्म रोक्न सक्ने रहेछन ? क-कसले साथ दिने रहेछ ? सकिएन भने बरु अदालत जाने हो । बदमासी गर्नेमाथि नडराई लड्नुपर्छ भन्ने हो ।’ एक पीडित ठेकेदारले न्यूज नेपालसंग भने ।
भुक्तानी नपाउनेमा गर्गको ५ करोड, एक्सिस (AXIS) मेडबीज (रगतको कल्चर मेसिन)को ५ करोड, एमबी मेडिटेक (इन्डोस्कोपिक अल्ट्रासाउन्डको साढे ३ करोड, छपाई (रेकर्डिङ/रिपोर्टिङ टुल्स)को ५० लाख र जेएचएस एनालिटिक्स ट्रेडर्सको एचपीभी डिएनए किटको ५ करोड गरेर १९ करोडको भूक्तानीमा उनीहरुले घुस खोजिरहेको स्रोतको दाबी छ । यसमा अन्य केहि ठेकेदार कम्पनीहरु पनि अलमलमा रहेको र उनीहरुले घुस दिएरै भएपनि भुक्तानी लिने मनशाय बनाएको स्रोतको भनाई छ ।
यो पनिः ठेकेदारसंग आर्थिक लेनदेनमा स्वास्थ्य सेवा विभागको रेकर्ड ब्रेक, बजारमा स्वास्थ्य सामाग्री अभाव
विभागका महानिर्देशक टंकप्रसाद बाराकोटी स्वास्थ्य समस्याका कारण पुरा समय कार्यालयमा बस्न सक्ने स्थितिमा छैनन् । उनी केहिदिन पहिलेमात्रै त्रिवि शिक्षण अस्पतालबाट उपचारपश्चात घर फर्किएका थिए । उनी सोझा कर्मचारीमा समेत पर्छन् । जसकारण पन्त, देवकोटा र खनालले घुसको जालो नै विछ्याएको स्रोतको दाबी छ।
सेटिङ मिलेकाहरुको ५०/६० लाख भुक्तानी भइसकेको छ । घुस दिनेहरुको भुक्तानी सकिएपनि घुस दिन नमान्नेहरु विचल्लीमा परेका छन् । तर, विभागका तीन कर्मचारीको सेटिङलेे निर्माण गरेको जालोले सुशासनको नारालाई कमजोर तुल्याएको छ ।
ठेकेदार कम्पनीले किन भुक्तानी पाएनन भन्ने न्यूज नेपालको प्रश्नमा विभागका लेखा शाखाका देवकोटाले भने, ‘वायो मेडिकल इन्जिनियरहरुदेखि अन्य कर्मचारीले सबै तयार पार्ने हो । मूल्याङ्कन समितिको बैठकमा जाने र भुक्तानीका लागि आएका कुराहरुको आधारमा भुक्तानी दिनेबाहेकका विषयमा हाम्रो कुनै हात हुन्न ।’
‘महालेखाले प्रश्न उठाएपछि अख्तियारमा बयान दिनेक्रम चलिरहेको छ । जसकारण कानूनी प्रावधान मिचेर काम गर्न सकिएन् ।’ देवकोटा भन्छन्, ‘भुक्तानी रोकिएका कम्पनीहरुले प्रज्ञापन पत्रदेखि अन्य कागजातहरु बुझाउन नसक्दा भुक्तानी रोकिएको स्थिति छ । भुक्तानीको हकमा अदालतको फैसला बमोजिमबाहेक कानूनविपरितका काम हुनै सक्दैनन् ।’ देवकोटाले न्यूज नेपालसंग भने ।
‘विभागको शुद्धिकरणका निम्ति प्रयास गरिरहेको छु । केहि कर्मचारीका कारण समस्या खडा हुने स्थिति बन्ने खतरा छ । म स्वास्थ्यका कारण केहि समय सक्रिय काम गर्न सकिन् । मैले बुझेको छु । त्यहि अनुसारका सुधारका काममा म जुटिरहेको छु ।’, विभागका प्रमुख टंकप्रसाद बाराकोटीले न्यूज नेपालसंग भने ।
विभागमा चलिरहेको घुस प्रकरणमा अख्तियारदेखि सम्बन्धित निकायले समेत छानविन गर्नुपर्ने आवाज उठ्न थालेको छ । विभागले अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद बिक्रीमा अनियमितता गर्दा अहिले बजारमा धेरै प्रकारका औषधी तथा उपचारजन्य वस्तुको अभाव देखिन थालेको छ ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












