विचाैलिया प्रभावमा स्वास्थ्य विभागः आर्थिक अपचलनमा छलाङ !
काठमाडाैं । स्वास्थ्य सेवा विभागले रोचक किस्सामा अलमलिदै अनाधिकृत भुक्तानीका चाङ थप्न थालेको आरोप लागेको छ ।
कानूनसम्मत भन्दै विभागले केहि ठेकेदार कम्पनीलाई दिएको भूक्तानीमा प्रश्न उठेपछि अहिले अदालतलाई देखाएर पन्छिन खोजेको पाइएको छ ।
२०७४/०७५ तिरको एक मर्मतसम्बन्धिको ठेक्कामा निर्माण कार्य सम्पन्न नहुँदै ठेकेदारको धराैटी रकम अस्वभाविक ढंगले फिर्ता गरिदिएपछि विभागमा कोलाहाल मच्चिएको स्रोतको दाबी छ ।
ठेकेदार कम्पनीहरु लाइफलाइन ट्रेड इन्टरप्राइजेजलाई ५२ लाख १३ हजार, हस्पिटेक इन्टरप्राइजेजलाई ५१ लाख ८५ हजार रकम भुक्तानी गरिए पनि अर्को कम्पनी मेडिलक्स सिस्टमलाई ४६ लाख भुक्तानी नभएको स्रोतको दाबी छ । अन्य दुई कम्पनीको भुक्तानी भने चैत्र अन्तिममा भएको विभाग स्रोतले न्यूज नेपाललाई जानकारी दिएकोछ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक टंकप्रसाद बाराकोटीलाई प्रभावमा पार्दै लेखा उपसचिव भीम देवकोटाले अख्तियारको दुरुपयोग गर्दै भुक्तानी गरिदिएका हुन् ।
लेखा सचिवसंगै विभागकै लेखा अधिकृत त्रिभुवन खनाल, स्वास्थ्य सेवा खरिद प्रमुख तथा जनस्वास्थ्य प्रशासक दयाकृष्ण पन्तले यसमा चलखेल गरेको स्रोतको दाबी छ ।
कर्मचारी बढुवामा सचिव बन्न नपाएका महानिर्देशक बाराकोटी भाग्य चम्किएपछि स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्न पाएका हन् । उसोतः विभागमा यस्ता भुक्तानीमा विवादीत मेडिकल व्यवसायी विशाल पण्डित समेत जोडिएका छन् ।
चर्चित विचाैलिया पण्डितले विवादास्पद भुक्तानीमा भूमिका निर्वाह गरेको र कर्मचारीलाई छिट्टै प्रभावमा पार्ने गरेको आरोप लाग्दै आएको छ । उसोतः पण्डितविरुद्ध अख्तियारले २/३ वटा मुद्दा विशेष अदालतमा दर्ता गराइसकेको छ भने केहि मुद्दा विस्तृत अनुसन्धानको प्रक्रियामा रहेको स्रोतको दाबी छ ।
विभागको विवादास्पद भुक्तानीबारे स्वास्थ्य सेवा विभागका लेखा प्रमुख भीम देवकोटालाई यसबारे प्रश्न गर्दा उल्टै झर्किने र अदालतलाई देखाएर पन्छिन खोज्छन् । देवकोटा आफै अत्यन्तै विवादास्पद छविका कर्मचारी हुन् उनी अधिकृतको रुपमा रास्वका अधिकृत हुन् । उपसचिव बनेपछि नुवाकोट कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख समेत बनेका थिए । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा निकट मानिने देवकोटा शर्मा अर्थमन्त्री हुँदा शक्ति अभ्यासका पर्याय बनेको चर्चा चल्ने गरेको छ । भने यसमा धराैटी बाँड्नेमा देवकोटासंगै खनाल, पन्त र स्वयं बाराकोटी संलग्न रहेको स्रोतले न्यूज नेपाललाई जानकारी दिएको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












