विचाैलिया प्रभावमा स्वास्थ्य विभागः आर्थिक अपचलनमा छलाङ !
काठमाडाैं । स्वास्थ्य सेवा विभागले रोचक किस्सामा अलमलिदै अनाधिकृत भुक्तानीका चाङ थप्न थालेको आरोप लागेको छ ।
कानूनसम्मत भन्दै विभागले केहि ठेकेदार कम्पनीलाई दिएको भूक्तानीमा प्रश्न उठेपछि अहिले अदालतलाई देखाएर पन्छिन खोजेको पाइएको छ ।
२०७४/०७५ तिरको एक मर्मतसम्बन्धिको ठेक्कामा निर्माण कार्य सम्पन्न नहुँदै ठेकेदारको धराैटी रकम अस्वभाविक ढंगले फिर्ता गरिदिएपछि विभागमा कोलाहाल मच्चिएको स्रोतको दाबी छ ।
ठेकेदार कम्पनीहरु लाइफलाइन ट्रेड इन्टरप्राइजेजलाई ५२ लाख १३ हजार, हस्पिटेक इन्टरप्राइजेजलाई ५१ लाख ८५ हजार रकम भुक्तानी गरिए पनि अर्को कम्पनी मेडिलक्स सिस्टमलाई ४६ लाख भुक्तानी नभएको स्रोतको दाबी छ । अन्य दुई कम्पनीको भुक्तानी भने चैत्र अन्तिममा भएको विभाग स्रोतले न्यूज नेपाललाई जानकारी दिएकोछ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक टंकप्रसाद बाराकोटीलाई प्रभावमा पार्दै लेखा उपसचिव भीम देवकोटाले अख्तियारको दुरुपयोग गर्दै भुक्तानी गरिदिएका हुन् ।
लेखा सचिवसंगै विभागकै लेखा अधिकृत त्रिभुवन खनाल, स्वास्थ्य सेवा खरिद प्रमुख तथा जनस्वास्थ्य प्रशासक दयाकृष्ण पन्तले यसमा चलखेल गरेको स्रोतको दाबी छ ।
कर्मचारी बढुवामा सचिव बन्न नपाएका महानिर्देशक बाराकोटी भाग्य चम्किएपछि स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्न पाएका हन् । उसोतः विभागमा यस्ता भुक्तानीमा विवादीत मेडिकल व्यवसायी विशाल पण्डित समेत जोडिएका छन् ।
चर्चित विचाैलिया पण्डितले विवादास्पद भुक्तानीमा भूमिका निर्वाह गरेको र कर्मचारीलाई छिट्टै प्रभावमा पार्ने गरेको आरोप लाग्दै आएको छ । उसोतः पण्डितविरुद्ध अख्तियारले २/३ वटा मुद्दा विशेष अदालतमा दर्ता गराइसकेको छ भने केहि मुद्दा विस्तृत अनुसन्धानको प्रक्रियामा रहेको स्रोतको दाबी छ ।
विभागको विवादास्पद भुक्तानीबारे स्वास्थ्य सेवा विभागका लेखा प्रमुख भीम देवकोटालाई यसबारे प्रश्न गर्दा उल्टै झर्किने र अदालतलाई देखाएर पन्छिन खोज्छन् । देवकोटा आफै अत्यन्तै विवादास्पद छविका कर्मचारी हुन् उनी अधिकृतको रुपमा रास्वका अधिकृत हुन् । उपसचिव बनेपछि नुवाकोट कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख समेत बनेका थिए । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा निकट मानिने देवकोटा शर्मा अर्थमन्त्री हुँदा शक्ति अभ्यासका पर्याय बनेको चर्चा चल्ने गरेको छ । भने यसमा धराैटी बाँड्नेमा देवकोटासंगै खनाल, पन्त र स्वयं बाराकोटी संलग्न रहेको स्रोतले न्यूज नेपाललाई जानकारी दिएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











