सडक भासिएपछि अवरुद्ध अरनिको राजमार्ग पुनः सञ्चालनमा
काठमाडौं । सडक भासिएर बन्द भएको अरनिको राजमार्ग पुनः सञ्चालनमा आएको छ । सो राजमार्ग भएर अहिले सबै सवारीसाधन चल्न थालेका छन् । सडक डिभिजन कार्यालय चरीकोटको प्रयासमा स्थानीय प्रशासन, स्थानीय सरकार र सुरक्षा निकायसँगको सहकार्यमा अवरुद्ध राजमार्ग सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालय चरिकोट अन्तर्गतका निर्माण व्यवसायीहरुले एक्साभेटर, ट्रिपर, डोजर लगायत प्रयोग गरि सडक पुनः सञ्चालनमा ल्याएको डिभिजन प्रमुख अमित कुमार श्रेष्ठले न्यूज नेपाललाई जानकारी दिनु भयो ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको वडा नम्बर २ स्थित इकुमा बिहीबार बिहान करिब ५० मिटर सडक भासिँदा अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । फेरि डिभिजन कार्यालयको प्रयासमा सञ्चालनमा ल्याइएकोमा सोहीदिन राति भासिएको थियो ।
रातदिनको प्रयासपछि शनिवारदेखि साना गाडी चल्न थालेका थिए । आइतबार बिहानदेखि भने मालबाहकलगायत सबै सवारीसाधन सञ्चालनमा आएका छन् । सडक सुचारु भएपछि मालवाहक कन्टेनरहरू तातोपानी नाका हुँदै काठमाडौंतर्फ आएका छन्। यस्तै बाटोमा रोकिएका यात्रुबाहक बस, निजी सवारी र एम्बुलेन्स सबै सञ्चालनमा आएका छन् ।
अरनिको राजमार्ग भएर नेपालबाट चीनतर्फ घीउ, पीठो, खाद्यान्न, हस्तकला र छालाका सामानहरू निर्यात हुने गर्दछ भने चीनबाट नेपालतर्फ खासगरी तयारी पोसाक, फलफूल, विद्युतीय सामग्री, छाता, मोबाइल, जुत्तालगायत आयात हुने गर्दछ ।
Comments
अरु समाचार
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...
-
जलस्रोत तथा ऊर्जा विज्ञ बटु लामिछाने नेपाल उद्योग वाणिज्य महासंघको उर्जा समिति सभापतिमा मनोनीत
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ऊर्जा समिति सभापतिमा जलस्रोत तथा ऊर्जा क्षेत्रका विज्ञ बटु लामिछाने मनोनीत भएका...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...












