सडक भासिएपछि अवरुद्ध अरनिको राजमार्ग पुनः सञ्चालनमा
काठमाडौं । सडक भासिएर बन्द भएको अरनिको राजमार्ग पुनः सञ्चालनमा आएको छ । सो राजमार्ग भएर अहिले सबै सवारीसाधन चल्न थालेका छन् । सडक डिभिजन कार्यालय चरीकोटको प्रयासमा स्थानीय प्रशासन, स्थानीय सरकार र सुरक्षा निकायसँगको सहकार्यमा अवरुद्ध राजमार्ग सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालय चरिकोट अन्तर्गतका निर्माण व्यवसायीहरुले एक्साभेटर, ट्रिपर, डोजर लगायत प्रयोग गरि सडक पुनः सञ्चालनमा ल्याएको डिभिजन प्रमुख अमित कुमार श्रेष्ठले न्यूज नेपाललाई जानकारी दिनु भयो ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको वडा नम्बर २ स्थित इकुमा बिहीबार बिहान करिब ५० मिटर सडक भासिँदा अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । फेरि डिभिजन कार्यालयको प्रयासमा सञ्चालनमा ल्याइएकोमा सोहीदिन राति भासिएको थियो ।
रातदिनको प्रयासपछि शनिवारदेखि साना गाडी चल्न थालेका थिए । आइतबार बिहानदेखि भने मालबाहकलगायत सबै सवारीसाधन सञ्चालनमा आएका छन् । सडक सुचारु भएपछि मालवाहक कन्टेनरहरू तातोपानी नाका हुँदै काठमाडौंतर्फ आएका छन्। यस्तै बाटोमा रोकिएका यात्रुबाहक बस, निजी सवारी र एम्बुलेन्स सबै सञ्चालनमा आएका छन् ।
अरनिको राजमार्ग भएर नेपालबाट चीनतर्फ घीउ, पीठो, खाद्यान्न, हस्तकला र छालाका सामानहरू निर्यात हुने गर्दछ भने चीनबाट नेपालतर्फ खासगरी तयारी पोसाक, फलफूल, विद्युतीय सामग्री, छाता, मोबाइल, जुत्तालगायत आयात हुने गर्दछ ।
Comments
अरु समाचार
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...
-
सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका...
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...












