ताजा समाचार

चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?

काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् ।

पेन्सनपट्टा समेत तयार नभएपछि तनावमा रहेका जबराले कुनैबेला आफू नभएपछि न्यायपालिका नै चल्दैन जसरी काम गर्ने गरेका थिए । कतिसम्म भने जबराले न्यायपालिकाभित्र एकखाले संयन्त्र नै चलाएका थिए । तर, उनको लज्जास्पद बहिर्गमन भने भएरै छाड्यो ।

हुटिट्याउँले आकास गर्जिजा खुट्टा आकासतर्फ फर्काएर रोक्न खोजेजस्तै जबराले पनि न्यायपालिकाभित्र ठूलो सिन्डिकेट खडा गर्न खोजेका थिए । तर, ज्ञान क्षमता र आचरणका कारण अन्ततः उनी रक्ष्यानमा पुगेका हुन् ।

प्रधानन्ययाधीशको कुर्सीमा रहेको बेला उनले सरकारसंग मन्त्रीदेखि संवैधानिक नियुक्तिमा समेत बार्गेनिङ गर्ने गर्थे । अझं, रोचक त के थियो भने उनले आखाँले नदेख्ने, कानले सुन्ने मात्रै गर्थे । कतिपयले भन्ने गरेका छन्, चोलेन्द्रले आफूले आँखा नखोलेसम्म सूर्य नै उदाउदैन भन्ने ठान्थे । तर, यस्तो होस कसरी ? अन्ततः उनी लज्जास्पद बहिर्गमनमा परेरै छाडे ।

प्रधानन्यायाधीश बनिसकेका चोलेन्द्रले सर्वोच्च जान खोजेकोदेखि उनले गरेका हर्कत नेपालको न्याय क्षेत्रमा अहिले पनि स्मरणयोग्य विषय मानिन्छ । उनले गरेका फैसला समेत विवादास्पदमात्रै नभई गैरन्यायिक रहेको समेत टिप्पणी खुलेआम हुने गर्छ । यस्तो स्थितिमा अहिले उनी लखरलखर सडकमा एक्लै हिडिरहेका भेटिने गरेका हुन् ।

सामाजिक मर्यादामा समेत धक्का लागेपछि जबरा पाएको प्रतिष्ठामा समेत रहन पाएनन् । कुर्सीको सम्मान, ओज र गरिमा चिन्न नसक्दा एक्लिएका जबराबाट अरुले के सिक्लान ? न्यायक्षेत्रमा यो बहस हुने गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org