नेपालबाट भारतमा एक हजार मेगावाटभन्दा धेरै बिजुली निर्यात हुने
काठमडाैं । नेपालबाट भारतमा एक हजार मेगावाट भन्दा धेरै बिजुली निर्यात हुने भएको छ । नेपालले भारत र बङ्गलादेशमा गरी एक हजार ५० दशमलव ९ मेगावाट विद्युत निर्यातको अनुमति पाएसँगै एक हजार मेगावाट भन्दा धेरै विद्युत निर्यात गर्ने भएकाे हाे ।
पछिल्लो पटक अस्ति सोमवार थप दुई सय मेगावाट विद्युत निर्यातका लागि भारतले सहमती दिएपछि निर्यात अनुमति पाउने विद्युतको परिमाण एक हजार मेगावाट कटेको हो । यसअघि भारतमा ८ सय १० दशमलव ९ मेगावाट विद्युत निर्यातको अनुमति थियो । थपिएको दुई सय मेगावाटले भारतमा कुल निर्यात क्षमता एक हजार १० दशमलव ९ मेगावाट पुगेको हो ।
त्यस्तै, अघिल्लो वर्षदेखि बङ्गलादेशमा निर्यात शुरू भएकोमा अहिले ४० मेगावाट निर्यात भइरहेको छ । भारत र बङ्गलादेश दुवै देशमा गरी नेपालको कुल विद्युत निर्यात स्वीकृति १ हजार ५० दशमलव ९ मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । पछिल्लो पटक भारत सरकारले नेपालका ६ वटा जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत खरिदका लागि सहमती दिएको हो ।
भारतले सहमति दिएका आयोजनाहरुमा लिखु–२, लिखु खोला ‘ए’, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला र सुपर कावेली खोला ‘ए’ रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान सामाजिक सञ्जालमा भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्न लागेको उल्लेख गर्नुभएको छ ।
Comments
अरु समाचार
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै खुलेन
रुकुमपूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन । बुधबार दिनभर हिमपात भएपछि सडकको हिउँ...











