‘मलाई गुटसुट चलाउन आउँदैन’ : विद्यादेवी भण्डारी
काठमाडाैं । सक्रिय पार्टी राजनीतिमा फर्कने उद्घोष गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कुनै गुट नचलाएको दाबी गरेकी छन् ।
विराटनगर विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा भण्डारीले भनिन्, ´मलाई गुटसुट चलाउन आउँदैन, यो आरोपको खण्डन गर्छु।´
आफ्नो एमाले सदस्यता सक्रिय रहेको र पार्टीको नीतिअनुसार अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेकी छन् । उनले आफू एमालेको ४५ वर्षभन्दा लामो कार्यकर्ता भएको स्मरण गराउँदै पार्टीको हितमा काम गर्ने बताइन् ।
गत असार १४ गते भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि पार्टीको केन्द्रीय समितिले उनको सदस्यता खारेज गरेको थियो ।
तर भण्डारीले आफूले पार्टीको विधानअनुसार सदस्यता नवीकरण गरिसकेको बताउँदै, आफ्नो अभियान जारी राख्ने स्पष्ट पारेकी छन् । वाम एकताको चर्चाबारे उनले तत्काल बलियो सम्भावना नदेखिएको बताइन् । भनिन्, `तर, पूर्ण असम्भव भने छैन ।´
भण्डारीले आफ्नो राजनीतिक जीवनलाई पदपछिको अवधिमा पनि जारी राख्न सकिने र प्रत्येक नागरिकले निर्वाचित भएर फर्किन सक्ने कुरा उल्लेख गरेकी छन् ।
उनले पार्टीको औपचारिक निर्णयबारे जानकारी नहुँदा पनि आफ्नो सदस्यता र पार्टी प्रतिबद्धता कायम रहेको पुनः स्पष्ट पारेकी छन् ।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...












