‘मलाई गुटसुट चलाउन आउँदैन’ : विद्यादेवी भण्डारी
काठमाडाैं । सक्रिय पार्टी राजनीतिमा फर्कने उद्घोष गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कुनै गुट नचलाएको दाबी गरेकी छन् ।
विराटनगर विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा भण्डारीले भनिन्, ´मलाई गुटसुट चलाउन आउँदैन, यो आरोपको खण्डन गर्छु।´
आफ्नो एमाले सदस्यता सक्रिय रहेको र पार्टीको नीतिअनुसार अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेकी छन् । उनले आफू एमालेको ४५ वर्षभन्दा लामो कार्यकर्ता भएको स्मरण गराउँदै पार्टीको हितमा काम गर्ने बताइन् ।
गत असार १४ गते भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि पार्टीको केन्द्रीय समितिले उनको सदस्यता खारेज गरेको थियो ।
तर भण्डारीले आफूले पार्टीको विधानअनुसार सदस्यता नवीकरण गरिसकेको बताउँदै, आफ्नो अभियान जारी राख्ने स्पष्ट पारेकी छन् । वाम एकताको चर्चाबारे उनले तत्काल बलियो सम्भावना नदेखिएको बताइन् । भनिन्, `तर, पूर्ण असम्भव भने छैन ।´
भण्डारीले आफ्नो राजनीतिक जीवनलाई पदपछिको अवधिमा पनि जारी राख्न सकिने र प्रत्येक नागरिकले निर्वाचित भएर फर्किन सक्ने कुरा उल्लेख गरेकी छन् ।
उनले पार्टीको औपचारिक निर्णयबारे जानकारी नहुँदा पनि आफ्नो सदस्यता र पार्टी प्रतिबद्धता कायम रहेको पुनः स्पष्ट पारेकी छन् ।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












