राति नै चाेरले चाेर्याे नाम्सी पुलको रेलिङ
काठमाडौं । नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलको रेलिङ चोरी भएको छ ।
भरतपुरको डिभिजन सडक कार्यालयका अनुसार सोमबार बिहान सडक अनुगमनमा जाँदा पुलको रेलिङ नै चोरि भएको हो । आइतबार राति रेलिङ चोरी भएको अनुमान छ ।
कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले हाल पुलमा सुरक्षाका लागि रातको समयमा पनि देखिने पाइपहरू राखेको बताए । नयाँ पुलको आडैमा रहेको पुरानो पुलको फलामका रेलिङ चोरी भएका हुन् ।
यसबारेमा चितवन जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा जानकारी गराई चोरी भएका सामान र चोरी गर्ने व्यक्तिको खोजी सुरू भएको पनि उनले बताए । नारायणगढदेखि झन्डै ३२ किलोमिटर पर मुग्लिनतर्फ कालीखोला नजिकै नाम्सी पुल छ ।
नारायढगढ–मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई जोड्ने मुख्य मार्ग हो । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी गाडी ओहोरदोहोर गर्छन् ।
दिनरात व्यस्त रहने सडकमा भएको चोरीलाई संवेदनशील रूपमा लिएको सूचना अधिकारी आचार्यले बताए । ‘दुर्घटना रोक्न राखिएका पूर्वाधारको चोरी सामान्य होइन गम्भीर अपराध हो । यसमा संलग्नको खोजी भइरहेको छ,’ आचार्यले भने ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












