उत्कृष्ट कर्मचारी छान्दै प्रधानमन्त्री ओली, चिलुवाल र मैनालीलाई महत्वपूर्ण जिम्मेवारी
काठमाडाैं । प्रधामन्त्री केपी ओलीले कार्यसम्पादन क्षमताको पहिचान गर्दै कर्मचारी पदस्थापनमा जोड दिन थालेका छन् । प्रधानमन्त्री कार्यालय मातहतका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागमा उत्कृष्ठ महानिर्देशकको पदस्थापन भएको छ ।
हालै सम्पत्ति शुद्धीकरण विभागमा कृष्ण प्रसाद मैनालीलाई महानिर्देशक बनाएदेखि उत्कृष्ठलाई महत्वपूर्ण जिम्मेवारी दिने विषयलाई निरन्तरता दिएका हुन् । यसअघि समेत विभागको नेतृत्व उत्कृष्ट कर्मचारीलाई सुम्पिएका ओलीले मैनालीलाई पदस्थापन गर्दै विभागलाई चुस्त राख्न खोजेका हुन् ।
गएको साउनमा राजस्व अनुसन्धान विभागमा महानिर्देशक तीर्थराज चिलुवाल पनि कर्मचारीतन्त्रमा अब्बल र कार्यसम्पादनमा उत्कृष्ट कहलिन्छन् ।
प्रधानमन्त्रीमा ओली आएपछि आफू मातहतका दुई विभाग राजस्व र सम्पत्ति शुद्धिकरणमा चण्डी घिमिरे र सुमन दाहाललाई महानिर्देशक बनाएका थिए । दुबैजनाले उच्चस्तरको कार्यसम्पादन गरेको रेकर्ड रहेको र निजामती कर्मचारीमा उनीहरु अब्बल र काबिल कर्मचारी हुन् ।
उसोतःअहिले घिमिरे उमेरहदका कारण अवकासमा गए भने दाहाल अर्थमन्त्रालय अन्तर्गत बजेट महाशाखा प्रमुखका रुपमा पदस्थापना भएका हुन् । घिमिरे र दाहाल दुबैले महानिर्देशक हुँदा जनताका कामलाई छिटो छरितो गर्नुका साथै दुख दिने काम नगरेको चर्चा हुने गर्छ । आर्थिक रुपमा समेत पारदर्शी शैली अपनाएका घिमिरे र दाहाल उदाहरण बनेका छन् ।
यो पनि पढ्नुहोस्ः सम्पत्ति शुद्वीकरण अनुसन्धान विभाग युद्धस्तरमा, नौ महिनामा ८० अर्ब बिगो दाबीका १८ मुद्दा दर्ता
घिमिरे र दाहाल अघिका महानिर्देशकहरुले विभागलाई भ्रष्ट, लुटेरा र कमिसनको केन्द्रको रुपमा चिनाएको आरोप लाग्ने गर्छ । प्रधानमन्त्री मातहतका यी विभागमा मोटो रकमको लेनदेनदेखि चलखेल तीब्र हुने आरोपकै बीच नेतृत्वमा आएका घिमिरे र दाहालले आम बुझाई नै फेरिदिएका हुन् ।
राजस्व अनुसन्धान विभागको नेतृत्वमा हुँदा घिमिरेलाई दुई खराब कर्मचारीलाई च्यापेकोबाहेकका आरोप भने लागेको देखिन्न । यद्यपी दुई अत्यन्तै खराब र भ्रष्ट आचरणका कर्मचारी च्यापेको आरोप भने व्यापक बनेको थियो ।
तीर्थ चिलुवाल अख्तियार, सीडीओदेखि अन्य क्षेत्रमा काम गर्दा समेत उनी आफूलाई अब्बल सावित गरेका कर्मचारी हुन् ।
कृष्ण प्रसाद मैनाली यसअघि पनि सम्पत्ति शुद्धीकरणमा काम गरेको अनुभव छ । बागमती प्रदेशको अर्थमन्त्रालयको सचिव हुँदा विवादास्पद मन्त्रीको काम नगरेर चर्चामा आएका कर्मचारी हुन् । मन्त्रालयलाई थितिमा राख्नुपर्छ भन्ने मान्यताका साथ अघि बढेका मैनालीले मानक स्थापित गरेको चर्चा कर्मचारीवृत्तमा चल्ने गर्छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











