उत्कृष्ट कर्मचारी छान्दै प्रधानमन्त्री ओली, चिलुवाल र मैनालीलाई महत्वपूर्ण जिम्मेवारी
काठमाडाैं । प्रधामन्त्री केपी ओलीले कार्यसम्पादन क्षमताको पहिचान गर्दै कर्मचारी पदस्थापनमा जोड दिन थालेका छन् । प्रधानमन्त्री कार्यालय मातहतका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागमा उत्कृष्ठ महानिर्देशकको पदस्थापन भएको छ ।
हालै सम्पत्ति शुद्धीकरण विभागमा कृष्ण प्रसाद मैनालीलाई महानिर्देशक बनाएदेखि उत्कृष्ठलाई महत्वपूर्ण जिम्मेवारी दिने विषयलाई निरन्तरता दिएका हुन् । यसअघि समेत विभागको नेतृत्व उत्कृष्ट कर्मचारीलाई सुम्पिएका ओलीले मैनालीलाई पदस्थापन गर्दै विभागलाई चुस्त राख्न खोजेका हुन् ।
गएको साउनमा राजस्व अनुसन्धान विभागमा महानिर्देशक तीर्थराज चिलुवाल पनि कर्मचारीतन्त्रमा अब्बल र कार्यसम्पादनमा उत्कृष्ट कहलिन्छन् ।
प्रधानमन्त्रीमा ओली आएपछि आफू मातहतका दुई विभाग राजस्व र सम्पत्ति शुद्धिकरणमा चण्डी घिमिरे र सुमन दाहाललाई महानिर्देशक बनाएका थिए । दुबैजनाले उच्चस्तरको कार्यसम्पादन गरेको रेकर्ड रहेको र निजामती कर्मचारीमा उनीहरु अब्बल र काबिल कर्मचारी हुन् ।
उसोतःअहिले घिमिरे उमेरहदका कारण अवकासमा गए भने दाहाल अर्थमन्त्रालय अन्तर्गत बजेट महाशाखा प्रमुखका रुपमा पदस्थापना भएका हुन् । घिमिरे र दाहाल दुबैले महानिर्देशक हुँदा जनताका कामलाई छिटो छरितो गर्नुका साथै दुख दिने काम नगरेको चर्चा हुने गर्छ । आर्थिक रुपमा समेत पारदर्शी शैली अपनाएका घिमिरे र दाहाल उदाहरण बनेका छन् ।
यो पनि पढ्नुहोस्ः सम्पत्ति शुद्वीकरण अनुसन्धान विभाग युद्धस्तरमा, नौ महिनामा ८० अर्ब बिगो दाबीका १८ मुद्दा दर्ता
घिमिरे र दाहाल अघिका महानिर्देशकहरुले विभागलाई भ्रष्ट, लुटेरा र कमिसनको केन्द्रको रुपमा चिनाएको आरोप लाग्ने गर्छ । प्रधानमन्त्री मातहतका यी विभागमा मोटो रकमको लेनदेनदेखि चलखेल तीब्र हुने आरोपकै बीच नेतृत्वमा आएका घिमिरे र दाहालले आम बुझाई नै फेरिदिएका हुन् ।
राजस्व अनुसन्धान विभागको नेतृत्वमा हुँदा घिमिरेलाई दुई खराब कर्मचारीलाई च्यापेकोबाहेकका आरोप भने लागेको देखिन्न । यद्यपी दुई अत्यन्तै खराब र भ्रष्ट आचरणका कर्मचारी च्यापेको आरोप भने व्यापक बनेको थियो ।
तीर्थ चिलुवाल अख्तियार, सीडीओदेखि अन्य क्षेत्रमा काम गर्दा समेत उनी आफूलाई अब्बल सावित गरेका कर्मचारी हुन् ।
कृष्ण प्रसाद मैनाली यसअघि पनि सम्पत्ति शुद्धीकरणमा काम गरेको अनुभव छ । बागमती प्रदेशको अर्थमन्त्रालयको सचिव हुँदा विवादास्पद मन्त्रीको काम नगरेर चर्चामा आएका कर्मचारी हुन् । मन्त्रालयलाई थितिमा राख्नुपर्छ भन्ने मान्यताका साथ अघि बढेका मैनालीले मानक स्थापित गरेको चर्चा कर्मचारीवृत्तमा चल्ने गर्छ ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












