पूर्वराष्ट्रपति राजनीतिमा फर्किन नपाउने भन्ने संविधानमा लेखेकाे छैन्ः कांग्रेस सभापती देउवा
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिले राजनीतिमा फर्किन नपाउने भन्ने संविधानमा कुनै प्रावधान नरहेको बताएका छन्।
शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक सक्रियतालाई अस्वाभाविक भन्न नमिल्ने बताए।
“पूर्वराष्ट्रपति र उपराष्ट्रपतिले राजनीतिक दलमा आबद्ध हुन नपाउने भन्ने संविधानमा लेखिएको छैन,” देउवाले भने, “राजनीति गर्ने अधिकार सबै नागरिकलाई छ।”
पूर्वराष्ट्रपति भण्डारीको एमालेको साधारण सदस्यता नवीकरण नगर्ने निर्णय हालै एमालेको केन्द्रीय कमिटी बैठकले गरेको थियो। उता, पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रमा फर्केर पार्टीको उपाध्यक्ष भइसकेका छन्।
त्यसैगरी, संविधान संशोधनबारे पत्रकारको प्रश्नमा देउवाले दुईतिहाइ बहुमत जुटे मात्र प्रक्रिया अघि बढ्ने स्पष्ट पारे। “दलहरूसँग छलफल त भइरहेको छ, तर अहिलेसम्म कुनै निष्कर्षमा पुगेका छैनौं,” उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका नेपाली कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाउनेबारे कुनै औपचारिक छलफल नभएको देउवाले बताए। “त्यस्तो विषयमा पार्टीभित्र छलफल भएको छैन,” उनको भनाइ थियो।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












