ताजा समाचार

जेनजी प्रदर्शनः ट्रमाका ११ घाइतेको अवस्था गम्भीर

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीको गोली लाग्दा घाइते भएका ११ जनाको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइतेमध्ये ५ जनाको आइसीयूमा राखेर उपचार जारी राखिएको राष्ट्रिय ट्रमा सेन्टरले जनाएको छ । भने ३० जनाभन्दा बढीको शल्यक्रिया गर्नुपर्ने स्थिति रहेको अस्पतालले जनाएको छ ।

प्रदर्शनको क्रममा घाइते ४ सय बढिको उपचार काठमाडाैंदेखि देशका अन्य स्थानका विभिन्न अस्पतालमा चलरहेको बताइएको छ । प्रदर्शन पोखरा, चितवन, इटहरी लगायतका क्षेत्रमा भएको थियो । जसमा इटहरीमा समेत दुई जनाको ज्यान गइसकेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरले ११ जनाको अपरेशन गरेको बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org