कृषिमन्त्री अधिकारीले दिए पदबाट राजीनामा
कृषि मन्त्री रामनाथ अधिकारीले दिए राजीनामा: “रगत बग्ने शासनमा बस्न सक्दिनँ”
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका छन्।
काठमाडौंसहित देशभर भइरहेका जेनजी आन्दोलनका क्रममा भएको दमन, हत्या र बल प्रयोगका घटनाप्रति गहिरो आपत्ति जनाउँदै मन्त्री अधिकारीले सरकारमा बस्न आफुलाई नैतिक रूपले असह्य भएको बताएका छन् ।
धादिङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित अधिकारीले सार्वजनिक वक्तव्य जारी गर्दै आफ्नो राजीनामाको घोषणा गरेका हुन्। उनले भनेका छन्, “साना नानीहरूमाथि गोली चलाएर देशलाई शोकमग्न बनाउने सरकारले दिँदै गरेको सन्देश लोकतान्त्रिक नभई तानाशाही हो। यस्तो सरकारमा बसेर म अपराधबोधमा छु।”
उनले २०८१ असार ३१ गते मन्त्री पद सम्हालेका थिए। अधिकारीले नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्यप्रति आफू सदैव प्रतिबद्ध रहेको भन्दै सरकारको हालको कार्यशैली उक्त मूल्य विपरीत रहेको स्पष्ट पारेका छन्।
“शान्तिपूर्ण विरोध, प्रश्न सोध्न पाउने अधिकार लोकतन्त्रको आत्मा हो,” भन्दै उनले हिंसात्मक दमनको विरोधमा राजीनामा दिएको बताएका छन्।
अधिकारीले सरकारसँग प्रश्न गरेका छन्, “देश निर्माणमा सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार गर्न सकिन्छ?” साथै, जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही नहुने स्पष्ट गर्दै उनले लोकतन्त्रको रक्षा गर्न सबै राजनीतिक दल र नेताहरूलाई चेतना विकसित गर्न आह्वान गरेका छन्।
कांग्रेस नेता डा. शेखर कोइरालाले चीनबाट फोनमा कुरा गर्दै आफू पक्षीय मन्त्रीहरुलाई सरकरबाट फिर्ता हुन निर्देशन दिएका थिए ।
Comments
अरु समाचार
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
महिलाले पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् : अध्ययन
विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ ।...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
त्रिवि उपकुलपतिको लागि १० जना उम्मेदवारको सूची सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि १० जना उम्मेदवारको सूची सार्वजनिक भएको छ । सिफारिस समितिले शुक्रबार सार्वजनिक गरेको सूचिमा...
-
पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझायो प्रतिवेदन
काठमाण्डौ । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । छानबिन समितिका संयोजक अच्युतमप्रसाद भण्डारीले...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
कर्मचारीमा त्रास सिर्जना गर्दै वालेन्द्र सरकार, कृष्णहरी समातेर देखाइदिने सन्देश किन?
काठमाडौं । उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव कृष्णहरी पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर केरकारपछि रिहा गर्दै कर्मचारीलाई तह लगाउने सन्देश दिन सरकार...












