ताजा समाचार

नेप्से परिसूचक १११.७० अंकले बढ्याे !

काठमाडाैं । अघिल्लो साताको बिहीबार १६०.३३ अंकले घटेको नेप्से आइतबार भने तीन अंकले बढ्यो । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)१११.७० अंकले नेप्से बढेको हो ।

आइतबार ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँका कारोबार हुँदा नेप्सेको पुँजीकरण पनि ४.४४ प्रतिशतले वृद्धि भएको छ ।

आइतबार नेप्सेमा २ सय ५२ वटा कम्पनीको कारोबार भएकोमा २२४ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने २८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट भयो ।

आइतबार नेप्सेमा भएको सेयर कारोबारमा ९ वटा विभिन्न कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर सर्किट लाग्यो । आजको सेयर कारोबारमा म्यूचुअल फन्ड र निर्जीवन बिमा समूह बाहेक अन्य सबै समूहमा हरियाली भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org