संगिता मिश्रलाई मन्त्री बन्न नदिन गगनदेखि विकास देवकोटाको षडयन्त्र छताछुल्ल !
काठमाडाैं । स्वास्थ्य मन्त्रीमा अघि सारिएकी डा. संगिता मिश्रलाई मन्त्री बन्न नदिनका लागि षडयन्त्र शुरु भएको छ ।
अन्तरिम सरकारकी प्रधानमन्त्री शुशीला कार्कीले स्वास्थ्यमन्त्रीका लागि मिश्रलाई सिफारिस गर्दै राष्ट्रपति कार्यालयमा पठाएपनि अन्तिममा आएर उनीबिरुद्ध षडयन्त्र शुरु भएको हो ।
मिश्र काबिल र क्षमतावान भएपनि उनीमाथि स्वास्थ्य सचित डा. विकास देवकोटाले षडयन्त्र गरेपछि उनी मन्त्री बन्नबाट रोकिएको स्रोतको दाबी छ ।
यसअघि पनि उनलाई सचिव हुनबाट रोक्नका लागि देवकोटासहित कांग्रेस नेताहरु गगन थापा र प्रदीप पाैडेल हात धोएर लागेको बताइन्छ । उनीहरुले मिडिया ट्रायल नै गरेर मिश्रलाई रोक्दै आएका छन् ।
मिश्रविरुद्ध अख्तियारमा अनुसन्धान चलिरहेको दाबी गरिएपनि कुलमान घिसिङमाथि समेत अख्तियारमा अनुसन्धा चलिरहेको स्रोतको दाबी छ । तर, कुलमान र मिश्रको हकमा फरक विषय लागू कसरी हुनसक्छ भन्दै प्रश्न गरिएका छन् ।
उसोतः अहिलेको सरकारमा बारबारा फाउन्डेसनका हर्ताकर्ताहरुले नै बोलवाला मच्चाएको आरोप लगाउन थालिएको छ । अहिले मन्त्री छानिएकामा मिश्र काबिल भएपनि भ्रष्टाचारको आरोप लगाउदै उनलाई पछि धकेल्न खोजिएको छ ।
स्वास्थ्य मन्त्रीका लागि नाम सिफारिस भएपछि फेरि नयाँ विवाद सिर्जना गरिएको छ। रु ४.५ अर्बको खरिद सम्झौतासँग उनको नाम जोडेर प्रश्न उठाइएका छन्, तर सोही खरिद प्रक्रियाले तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई लोकप्रियता दिलाएको कुरा भने लुकेको छैन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











