प्रतिशोधको भुङ्ग्रोमा कुलमानः विद्युत क्षेत्रका कर्मचारी धमाधम हटाउने काम शुरु
अघोषित लोडसेडिङ शुरु भएकै हो ?
काठमाडाैं । प्रतिशोध नसाँध्ने, नियमित कामलाई नै निरन्तरता दिने दाबी गरेका अन्तरिम सरकारका ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङले पदको दुरुपयोगलाई तीब्रता दिन थालेका छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जिम्मेवारीबाट हटाएका कुलमानले आफूलाई तत्कालीन सरकार केपी ओलीको नेतृत्वमा आफूलाई शून्य अंक दिने विद्युत् विकास विभागमा महानिर्देशक जीवछ मण्डललाई पनि हटाएका छन् ।
जीवछलाई हटाएर कुलनामले मनदेवी श्रेष्ठलाई जिम्मेवारी दिएका हुन् । मनदेवी यसै विभागकी उपमहानिर्देशक हुन् । जीवछलाई उनले जल तथा ऊर्जा आयोगमा सरुवा गरेका हुन् ।
केपी ओली नेतृत्वको सरकारमा विद्युत प्राधिकरणको महानिर्देशक रहेको बेला कुलनामले आफूले आफूलाई कार्यसम्पादन मूल्याङ्कनमा सत प्रतिशत अंक दिएका थिए । यो बेला जीवछले उनलाई शून्य अंक दिएर पठाएका थिए । जीवछले त्यो बला तत्कालीन ऊर्जामन्त्री दीपक खड्कालाई कार्यक्षेत्र बाहिर पुगेर सहयोग गरेका थिए भने अहिले कुलमानले त्यसको प्रतिशोध साँध्न जीवछलाई अहिले आफू पदमा आएपछि हटाएका हुन् ।
उसोतः जीवछले आगामी निर्वाचनसम्म आफ्नो तलवको ५० प्रतिशत राज्यलाई दिने घोषणा समेत गरिसकेका थिए । अब जिम्मेवारी खोसिएपछि के गर्छन भन्ने चासो समेत बढेको छ ।
यता, कुलमानले पहिलो चरणमा विद्युत क्षेत्रमा प्रतिशोधको डण्डा चलाउन थालेका छन् । यो क्रम विस्तारै राजनीतिक वृत्तमा समेत फैलिन सक्ने कतिपयले आंशका गरेका छन् । ६ महिने मन्त्रीकालमा आफूमाथि तलमाथि गरेकालाई ठेगान लगाउने अर्जुनदृष्टीसहित अघि बढेका कुलमानलाई प्रधानमन्त्री सुशीला कार्कीले रोक्लिन वा छाडा छाड्ने काम गर्लिन ? यो भने हेर्न लायक विषय बन्नेछ ।
उसोतः अघोषित लोडसेडिङ समेत हुन थालेको छ । बत्तिको ट्रिपिङ अत्यधिक बढ्दै गएको दाबी गरिएपनि दशैंको बेला बत्ति लामो समयसम्म जान थालेको छ । कुलमान बाहिरिएपछि लोडसेडिङ बढेको भन्दै हितेन्द्रदेव शाक्यमाथि तथानाम गरिएपनि कुलमान ऊर्जामन्त्री नै बनेर आएदेखि झन धेरै बत्ति जान थालेको हो । दशैंको मुखमा बत्ति जानेक्रम बढेपछि कसलाई गुनासो गर्ने भन्दै उपभोक्ताले भडास पोख्न थालेका छन् । पछिल्लो समय बत्ति जानेक्रम बढेको छ । अघोषित रुपमा लोडसेडिङकै अवस्थामा पुग्ने खतरा समेत बढेको छ ।
Comments
अरु समाचार
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...











