प्रतिशोधको भुङ्ग्रोमा कुलमानः विद्युत क्षेत्रका कर्मचारी धमाधम हटाउने काम शुरु
अघोषित लोडसेडिङ शुरु भएकै हो ?
काठमाडाैं । प्रतिशोध नसाँध्ने, नियमित कामलाई नै निरन्तरता दिने दाबी गरेका अन्तरिम सरकारका ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङले पदको दुरुपयोगलाई तीब्रता दिन थालेका छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जिम्मेवारीबाट हटाएका कुलमानले आफूलाई तत्कालीन सरकार केपी ओलीको नेतृत्वमा आफूलाई शून्य अंक दिने विद्युत् विकास विभागमा महानिर्देशक जीवछ मण्डललाई पनि हटाएका छन् ।
जीवछलाई हटाएर कुलनामले मनदेवी श्रेष्ठलाई जिम्मेवारी दिएका हुन् । मनदेवी यसै विभागकी उपमहानिर्देशक हुन् । जीवछलाई उनले जल तथा ऊर्जा आयोगमा सरुवा गरेका हुन् ।
केपी ओली नेतृत्वको सरकारमा विद्युत प्राधिकरणको महानिर्देशक रहेको बेला कुलनामले आफूले आफूलाई कार्यसम्पादन मूल्याङ्कनमा सत प्रतिशत अंक दिएका थिए । यो बेला जीवछले उनलाई शून्य अंक दिएर पठाएका थिए । जीवछले त्यो बला तत्कालीन ऊर्जामन्त्री दीपक खड्कालाई कार्यक्षेत्र बाहिर पुगेर सहयोग गरेका थिए भने अहिले कुलमानले त्यसको प्रतिशोध साँध्न जीवछलाई अहिले आफू पदमा आएपछि हटाएका हुन् ।
उसोतः जीवछले आगामी निर्वाचनसम्म आफ्नो तलवको ५० प्रतिशत राज्यलाई दिने घोषणा समेत गरिसकेका थिए । अब जिम्मेवारी खोसिएपछि के गर्छन भन्ने चासो समेत बढेको छ ।
यता, कुलमानले पहिलो चरणमा विद्युत क्षेत्रमा प्रतिशोधको डण्डा चलाउन थालेका छन् । यो क्रम विस्तारै राजनीतिक वृत्तमा समेत फैलिन सक्ने कतिपयले आंशका गरेका छन् । ६ महिने मन्त्रीकालमा आफूमाथि तलमाथि गरेकालाई ठेगान लगाउने अर्जुनदृष्टीसहित अघि बढेका कुलमानलाई प्रधानमन्त्री सुशीला कार्कीले रोक्लिन वा छाडा छाड्ने काम गर्लिन ? यो भने हेर्न लायक विषय बन्नेछ ।
उसोतः अघोषित लोडसेडिङ समेत हुन थालेको छ । बत्तिको ट्रिपिङ अत्यधिक बढ्दै गएको दाबी गरिएपनि दशैंको बेला बत्ति लामो समयसम्म जान थालेको छ । कुलमान बाहिरिएपछि लोडसेडिङ बढेको भन्दै हितेन्द्रदेव शाक्यमाथि तथानाम गरिएपनि कुलमान ऊर्जामन्त्री नै बनेर आएदेखि झन धेरै बत्ति जान थालेको हो । दशैंको मुखमा बत्ति जानेक्रम बढेपछि कसलाई गुनासो गर्ने भन्दै उपभोक्ताले भडास पोख्न थालेका छन् । पछिल्लो समय बत्ति जानेक्रम बढेको छ । अघोषित रुपमा लोडसेडिङकै अवस्थामा पुग्ने खतरा समेत बढेको छ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











