अख्तियारका पदाधिकारी हटाउन भ्रष्ट डीजीदेखि को-कसको चलखेल ?
काठमाडौं । भ्रष्ट, विवादास्पद र बदनाम निजामती सेवा, सुरक्षा निकायका केही कर्मचारी र कानुन व्यवसायीहरूले प्रायाेजित रूपमा जेनजीका युवाहरूलाई परिचालन गरि अख्तियार दुरुपयोग अनुसन्धान आयाेगका पदाधिकारीहरूलाई गैरसंवैधानिक ढंगले हटाउन चलखेल र षडयन्त्र गरिरहेको खुलासा भएको छ ।
उनीहरूले जेनजी माेमेन्ट एलाइन्सका केही युवाहरू अजित खनाल उर्जा, रिजन राना मगर, पेमा बाङ्बाे लामा र माेनिका लगायतलाई उपयाेग गरि अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई र अन्य आयुक्तकाे राजिनामा माग्दै आज असाेज २१ गते बिहान अख्तियारमा निवेदन दर्ता गराएका छन् ।
अख्तियार प्रमुख प्रेम राईसहितका आयुक्तलाई जबरजस्ती राजीनामा गराउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका भ्रष्ट महानिर्देशक प्रदीप अधिकारीले समेत चलखेल गरिरहेको स्रोतको दाबी छ ।
वायु सेवा नियमनकारी निकायको प्रमुख बनेका अधिकारीले नेपालमा हुने विमान दुर्घटनादेखि अन्य विषयमा गरेका अनियमिततामा अख्तियारले अनुसन्धान गरिरहेको बेला षडयन्त्रपूर्वक आफ्ना मुद्दालाई पन्छाउन उनले ठूलो रकमको चलखेल गरेको स्रोतको दाबी छ । जसमा मोनिका जस्ता युवतिलाई उनले प्रयोग गरेको स्रोतको दाबी छ । जेनजी एलायन्सको नाममा हिडेका उनीहरु प्राय अधिकारीले नै परिचालन गरेको स्रोतको दाबी छ ।
अधिकारीसंगै अख्तियारले विस्तृत अध्ययन गरिरहेका व्यक्ति तथा उच्चपदस्थहरुले आफ्नो अनुसन्धान रोक्नका लागि नै षडयन्त्र गरेको र ठूलो आर्थिक परिचालन समेत गरेको स्रोतको दाबी छ । अख्तियार प्रमुख वा आयुक्तहरुको नियुक्ति नै संवैधानिक आयोग अन्तर्गत हुने र यसको वैधतामा समेत सर्वोच्चले प्रमाणीकरण गरिसकेको बेला माग्न थालिएको राजीनामाले ठूलो शंका उत्पन्न गराएको छ ।
अख्तियारमा एल १६४०२ नंम्बरकाे निवेदनमा संवैधानिक परिषदबाट सिफारिस भई कानुन बमाेजिम नियुक्त भएका पदाधिकारीहरूलाई जबर्जस्ती राजिनामा दिन भनिएकाे छ।
संविधान र कानुन अनुसार सिफारिसभई नियुक्त भएका आयाेगका पदाधिकारीहरूकाे राजिनामा माग्न पाइदैन। अझ उनीहरूकाे नियुक्तिलाई सर्वाेच्च अदालतले समेत वैद्य भनी फैसला गरिसकेकाे अवस्थामा राजिनामा माग्नु संविधान सम्मत हुँदैन्। संविधान र कानुन बमाेजिम भ्रष्टाचार नियन्त्रण र राेकथामका लागि सक्रिय भैरहेकाे निकायका पदाधिकारीहरूकाे राजिनामा माग्नुमा केही भ्रष्ट, बदनाम र विवादास्पद छवीका कर्मचारी र सुरक्षा निकायका कर्मचारीहरूकाे त्यहाँ नियुक्ति खाने मनसायले यस्ताे माग गर्न लगाइएकाे बुझिएकाे छ।
विश्वभर भएका सत्तापलटका आन्दोलनपछि विद्यमान राष्ट्र प्रमुख, प्रधानमन्त्री, मन्त्री, सरकार र संसद विघटन हुने गरेका छन। निजामती कर्मचारी र संवैधानिक आयाेगका पदाधिकारीहरूलाई कारवाही गरेकाे वा हटाएकाे ईतिहास पाइदैन। श्रीलंका र बंगलादेशमा पनि त्यस्तै भएकाे थियाे। तर नेपालमा भने जेनजी आन्दोलनले नमागेकाे माग उचालेर अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई र अन्य आयुक्तहरूकाे राजिनामा एकाएक मागिएकाे छ।
उनीहरूलाई राजिनामा माग्न बाध्य पारेर आफुहरूकाे नाम सिफारिस गर्ने र विना प्रमाण जथाभावी छानवीन अनुसन्धानगरि बदलाभाव राखेर कारवाही गर्ने मनसाय रहेकाे स्राेतले बताएकाे छ। यस कार्यमा केही सचिव, पुर्व सचिव र पुर्व सुरक्षा निकायका उच्च अधिकारीहरू लागेकाे समाचार स्राेतले बताएकाे छ।
जेनजी आन्दोलनका युवाहरूलाई समेत प्रायाेजित रूपमा अगाडि सारी गैरसंवैधानिक र गैर कानुनी राजिनामा माग गरिएकाेमा वास्तविक जेनजीका युवा, संविधानविद्, कानुनविद्, बाैद्विक व्याक्तित्व र राजनीतिक पर्यवेक्षणहरूले गैरसंवैधानिक र गैरकानुनी भनी टिप्पणी गर्दै आएका छन।
अख्तियारले कानुन सम्मत रूपमा भ्रष्टाचार गर्ने कर्मचारी, सांसद, मन्त्री,पुर्वमन्त्री र सरकारी कर्मचारी तथा पदाधिकारीहरू माथि भ्रष्टाचार र अकुत सम्पत्तिका उजुरीहरूमा कानुन सम्मत रूपमा छानवीन र अनुसन्धानगरि प्राप्त प्रमाणका आधारमा दाेषी देखिएकाे अवस्थामा विशेष अदालतमा मुद्दा दर्ता गरिरहेकाे अवस्थामा कसैलाई बदलाकाे भावना राखि सडककाे मागकै आधारमा पुर्वाग्रही रूपमा भ्रष्टाचारको मुद्दा चलाउनु उपयुक्त हुँदैन। आयाेगमा जाे प्रमुख आयुक्त र आयुक्त भएपनि त्यसरी काम गर्दैनन।
अहिले अख्तियारका पदाधिकारीहरूकाे राजिनामा माग्नुकाे पछाडि रिक्त पदमा आफू नियुक्ति हुन केही भ्रष्ट आचरण,बदनाम र विवादास्पद छविका पुर्व सचिव र सचिवहरू लागेकाे प्रष्ट भएकाे छ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












