बागलुङमा सहकारी काण्ड: एक अर्बभन्दा बढी रकम हिनामिना आरोपमा १६ जना विरुद्ध मनी लाउण्डरिङ्गको मुद्दा
बागलुङ । बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थामा एक अर्बभन्दा बढीको रकम हिनामिना भएको अभियोगमा संस्थाका तत्कालीन अध्यक्ष देवकुमार नेपालीसहित १६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दा दर्ता गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय, बागलुङले २०८२ साल असोज २३ गते बागलुङ जिल्ला अदालतमा अभियोगपत्र दायर गर्दै आरोपीहरूलाई कडा कानुनी कारबाहीको माग गरेको हो।
अभियोगपत्र अनुसार देवकुमार नेपालीसहित प्रतिवादीहरूले सहकारी संस्थाको रकम संस्थाको उद्देश्यविपरीत, व्यक्तिगत लाभका लागि परिचालन गरेका थिए। सहकारी ऐन, नियम तथा विनियमविपरीत रकम उठाएर विभिन्न प्रलोभनमा पारी सर्वसाधारणसँग बचत गराइएको थियो। सोही रकम आफ्ना नाममा तथा परिवारका सदस्यको नाममा रहेको सम्पत्तिमा लगानी गरिएको प्रमाण फेला परेको सरकारी वकिल कार्यालयले जनाएको छ।
देवकुमार नेपालीले एक अर्ब ५८ करोड ९४ लाख ५५ हजार ३९१ रुपैयाँ ७८ पैसाको सम्पत्ति हिनामिना गरी त्यसै रकमबाट घरजग्गा खरिद गरेको, नगद मौज्दात संचित गरेको र श्रीमतीको नाममा समेत सम्पत्ति राखेको ठहर गर्दै अदालतमा मुद्दा दायर गरिएको हो। सरकारी वकिल कार्यालयले सो विगो बराबरको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) को कसुरमा देवकुमारलाई दोब्बर जरिवाना र २ देखि १५ वर्षसम्मको कैद सजायको माग गरेको छ। साथै, उनले नेतृत्व गरेको संस्थामा अध्यक्षको जिम्मेवारी सम्हालेकाले थप सजायको मागसमेत गरिएको छ।
देवकुमार नेपालीकी पत्नी छेला नेपालीविरुद्ध पनि ६ करोड ९८ लाख ८० हजार ७५२ रुपैयाँ ९४ पैसाको सम्पत्ति जफतको मागसहित अभियोग लगाइएको छ। साथै, अन्य १३ जना प्रतिवादीहरू — जसमा तत्कालीन संचालक, कर्मचारी तथा नजिकका व्यक्ति छन् — लाई प्रमुख अभियुक्तलाई सहयोग गरेको आरोपमा ‘मतियार’को हैसियतमा मुद्धा दायर गरिएको छ। उनीहरूलाई प्रमुख अभियुक्तलाई हुने सजायको आधा सजाय मागदावी गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले देवकुमार नेपालीका नाममा रहेको ३३ कित्ता जग्गा, ४० लाख बराबरको शेयर, एक लाख २० हजार रुपैयाँ नगद मौज्दात जफत गर्न माग गरेको छ। साथै, छेला नेपालीका नाममा रहेका १७ कित्ता जग्गा र अन्य प्रतिवादीहरूका नाममा रहेका सम्पत्तिहरू पनि जफतको दायरामा परेको उल्लेख गरिएको छ।
यो मुद्दा हाल बागलुङ जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको छ भने सहकारीमा रकम बचत गर्ने सर्वसाधारणले निष्पक्ष अनुसन्धान र दोषीलाई कडा सजायको माग गर्दै आएका छन्।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












