हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका छन् । उक्त अवार्ड अष्ट्रेलियास्थित एक्जिटो इभेन्ट्स नामक संस्थाद्वारा प्रदान गरिँदै आएको अन्तर्राष्ट्रिय सम्मान हो।
खनाललाई ‘Outstanding Principal Award’ श्रेणीमा सम्मान गर्न लागिएको हो। यस वर्षको अवार्ड कार्यक्रम अक्टोबर १४ तारिखमा मलेसियाको राजधानी क्वालालम्पुरस्थित लिनकन युनिभर्सिटीमा आयोजना हुने छ। कार्यक्रममा नेपाल, भारत, मलेसिया, फिलिपिन्स, बांग्लादेश, संयुक्त राज्य अमेरिका, बेलायतलगायत विभिन्न देशका शिक्षाविद्, शैक्षिक संस्था तथा प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गरिने बताइएको छ।
अविरल तीन वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको यो अवार्ड कार्यक्रमले शैक्षिक क्षेत्रका अग्रणी व्यक्तिहरूको योगदानलाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्दै आएको छ। शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका खनालले सुन्दरहरैंचा क्षेत्रमा गुणस्तरीय शिक्षा प्रवर्द्धन, नेतृत्व विकास र सामुदायिक शिक्षा सशक्तीकरणमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्। उनीद्वारा स्थापना गरिएको हिमालय इङ्ग्लिस स्कूलले शैक्षिक नवप्रयोग, सामाजिक उत्तरदायित्व र विद्यार्थी नेतृत्व विकासका क्षेत्रमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
प्रिन्सिपल खनाल अक्टोबर ५ देखि १५ सम्मको अवधिमा सिंगापुर, थाइल्यान्ड र मलेसियास्थित विभिन्न स्कूल, कलेज र युनिभर्सिटीको भ्रमण गर्ने कार्यतालिका सहित विदेश प्रस्थान गरिसकेका छन्। भ्रमणको क्रममा उनले विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक प्रतिनिधिहरूसँग अनुभव आदान–प्रदान र साझेदारी सम्बन्ध विस्तार गर्ने योजना बनाएका छन्।
नेपालका शैक्षिक वृत्तमा यो पुरस्कारलाई खनालको दीर्घ परिश्रम र समर्पणप्रतिको सम्मानका रूपमा लिइएको छ। हिमालय इङ्ग्लिस स्कूल परिवार, स्थानीय समुदाय र विद्यार्थी अभिभावकहरूले यो उपलब्धिलाई गर्वका साथ स्वागत गरेका छन्।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
GFCN and TASS Launch Fact-Checking Video Course for Asia-Pacific News Agencies
Kathmandu, The Global Fact-Checking Network (GFCN) and Russia’s TASS news agency have launched an educational video course on fact-checking for...
-
मन्त्रिपरिषद् बैठक: विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
-
JJN, Russian Union of Journalists Sign MoU to Boost Media Cooperation
Kathmandu. A memorandum of understanding has been signed between Journalists for Justice Nepal (JJN) and the Russian Union of Journalists...
-
कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने...












