हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका छन् । उक्त अवार्ड अष्ट्रेलियास्थित एक्जिटो इभेन्ट्स नामक संस्थाद्वारा प्रदान गरिँदै आएको अन्तर्राष्ट्रिय सम्मान हो।
खनाललाई ‘Outstanding Principal Award’ श्रेणीमा सम्मान गर्न लागिएको हो। यस वर्षको अवार्ड कार्यक्रम अक्टोबर १४ तारिखमा मलेसियाको राजधानी क्वालालम्पुरस्थित लिनकन युनिभर्सिटीमा आयोजना हुने छ। कार्यक्रममा नेपाल, भारत, मलेसिया, फिलिपिन्स, बांग्लादेश, संयुक्त राज्य अमेरिका, बेलायतलगायत विभिन्न देशका शिक्षाविद्, शैक्षिक संस्था तथा प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गरिने बताइएको छ।
अविरल तीन वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको यो अवार्ड कार्यक्रमले शैक्षिक क्षेत्रका अग्रणी व्यक्तिहरूको योगदानलाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्दै आएको छ। शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका खनालले सुन्दरहरैंचा क्षेत्रमा गुणस्तरीय शिक्षा प्रवर्द्धन, नेतृत्व विकास र सामुदायिक शिक्षा सशक्तीकरणमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्। उनीद्वारा स्थापना गरिएको हिमालय इङ्ग्लिस स्कूलले शैक्षिक नवप्रयोग, सामाजिक उत्तरदायित्व र विद्यार्थी नेतृत्व विकासका क्षेत्रमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
प्रिन्सिपल खनाल अक्टोबर ५ देखि १५ सम्मको अवधिमा सिंगापुर, थाइल्यान्ड र मलेसियास्थित विभिन्न स्कूल, कलेज र युनिभर्सिटीको भ्रमण गर्ने कार्यतालिका सहित विदेश प्रस्थान गरिसकेका छन्। भ्रमणको क्रममा उनले विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक प्रतिनिधिहरूसँग अनुभव आदान–प्रदान र साझेदारी सम्बन्ध विस्तार गर्ने योजना बनाएका छन्।
नेपालका शैक्षिक वृत्तमा यो पुरस्कारलाई खनालको दीर्घ परिश्रम र समर्पणप्रतिको सम्मानका रूपमा लिइएको छ। हिमालय इङ्ग्लिस स्कूल परिवार, स्थानीय समुदाय र विद्यार्थी अभिभावकहरूले यो उपलब्धिलाई गर्वका साथ स्वागत गरेका छन्।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध के विषयमा भयो मुद्धा दायर ?
काठमाण्डौ । सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतविरूद्ध...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
२५ अर्बको दाबी सहित दीपक भट्टविरुद्ध मुद्दा दर्ता आज, अब दीपक तिमिल्सिनाको पालो कहिले?
काठमाडौं । लामो समयदेखि राजनीतिक तथा व्यावसायिक वृत्तमा प्रभावशाली ‘फिक्सर’ र बिचौलियाका रूपमा चिनिएका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...











