ताजा समाचार

कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने निर्वाचनका लागि सभापति पदमा तीन जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

सभापति पदका लागि गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरको उम्मेदवारी परेको छ । समितिका अनुसार सबैभन्दा पहिले नेता खड्गीले उम्मेदवारी दर्ता गरेका छन् ।

साँझ साढे ६ बजेतिर थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराए । सभापति थापापछि नेता राठौर उम्मेदवारी मनोनयनका लागि पुगेका थिए । राठौरले १४औं महाधिवेशनमा सहमहामन्त्रीमा विजयी भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org