इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ। ग्लोबल समितिको नयाँ कार्यसमितिको अध्यक्षमा बेल्जियम निवासी अर्जुन काफ्ले निर्वाचित भएका छन्।
त्यसैगरी उपाध्यक्षहरूमा मित्रलाल पार्दे (पोल्याण्ड), राधी क्षेत्री (अमेरिका), राजमान तामाङ (डेनमार्क), कुल राज थापा (नेपाल) चयन भएका छन्। महासचिवमा प्रकाश तिवारी (आइसल्याण्ड), प्रवक्तामा आनन्दु लामा (अमेरिका), सचिवमा कृष्ण श्रेष्ठ (अमेरिका),
कोषाध्यक्षमा रुपा न्यौपाने (नेपाल) र सह–कोषाध्यक्षमा कन्हैया सिंह परियार (अमेरिका) निर्वाचित भएका छन्।
त्यसैगरी युरोप क्षेत्रीय समन्वय समितिको संयोजकमा सुनिल गुरुङ (जर्मनी), युरोप क्षेत्रीय संयोजकमा श्याम श्रेष्ठ (बेल्जियम), र उत्तर अमेरिका क्षेत्रीय संयोजकमा राहूल केसी (अमेरिका) चयन भएका छन्। महाधिवेशन कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष पुष्प बरुवाल रहे भने कार्यक्रमको सभापतित्व तत्कालीन अध्यक्ष रामचन्द्र थापाले गरेका थिए ।
निर्वाचन समितिमा इनास ग्लोबलकी संरक्षकद्वय मिरा राणा र निता श्रेष्ठ, तथा ग्लोबल सल्लाहकार प्रदीप बोम्जन रहेका थिए ।निर्वाचन समितिका तर्फबाट निर्वाचन आयुक्त प्रदीप बोम्जनले नयाँ पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । कार्यक्रममा विभिन्न पदाधिकारीहरूले शुभकामना मन्तव्यका साथै प्रतिवेदनहरू प्रस्तुत गरे। उत्तर अमेरिका क्षेत्रीय समितिका संयोजक कन्हैया सिंह परियारले शुभकामना मन्तव्यसहित संक्षिप्त प्रतिवेदन प्रस्तुत गरे। महासचिव राजमान तामाङले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कुलराज थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे।
त्यसैगरी कार्यक्रमको सञ्चालन तथा समन्वय समेत गरेका ग्लोबल प्रवक्ता तथा युरोप क्षेत्रीय संयोजक प्रकाश तिवारीले ग्लोबल प्रवक्ता तथा यूरोप क्षेत्रीय समितिको प्रतिवेदन प्रस्तुत् गरेका थिए। कार्यसम्पादनका आधारमा युरोप क्षेत्रीय समितिलाई उत्कृष्ट क्षेत्रीय समिति र इनास डेनमार्कलाई उत्कृष्ट राष्ट्रिय समिति घोषणा गर्दै प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो।
त्यसैगरी, संस्थाको उद्देश्यअनुरूपका विविध कार्यक्रममार्फत नेपाली भाषा, कला तथा संस्कृतिको प्रवर्द्धन र सम्वर्द्धनमा पु–याएको योगदानको उच्च कदर गर्दै राष्ट्रिय समिति संयुक्त राज्य अमेरिकालाई प्रशंसा–पत्र प्रदान गरिएको छ।
Comments
अरु समाचार
-
जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जना पक्राउ परेका छन् । बागमती...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
पूर्वमन्त्री दीपक खड्काले बनाएका संरचनामा महानगरको डोजर
काठमाडाैं । काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री दीपक खड्काले बनाएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । बिहीबार प्रहरीहरु...
-
नेपाल-चीन कोरला नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने तयारी, गृह र अध्यागमन विभागको टोली अवलोकनमा
काठमाडाैं । गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमाको कोरला नाका अवलोकन गरेको छ । पोखराबाट हवाई मार्ग हुँदै...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
युवाहरु सडकमा उत्रिन सरकारको अनुमति पर्दैनः ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले पार्टीका युवाहरुलाई सडकमा उत्रन निर्देशन दिएका छन् । अध्यक्ष ओलीले...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...
-
Third Trans-Himalayan Communication and Social Development Conference Kicks Off in Kathmandu
Kathmandu, Nepal – The third Trans-Himalayan Communication and Social Development Conference began on Friday at the Camera Building of the...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...












