नेपाल-चीन कोरला नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने तयारी, गृह र अध्यागमन विभागको टोली अवलोकनमा
काठमाडाैं । गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमाको कोरला नाका अवलोकन गरेको छ । पोखराबाट हवाई मार्ग हुँदै जोमसोम पुगेर टोलीले कोरला नाका पुगेर यस क्षेत्रको अध्ययन गरेको हो । टोलीमा गृह सचिव रामेश्वर दङ्गाल, अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलगायतका सदस्य थिए ।
गृहसचिव दंगालले पछिल्लो समय विभिन्न समस्यालाई समाधान गर्ने र मुलुकको सार्वभाैमिकतामाथिका प्रश्नमा मिहिन अध्ययन गर्न थालेका छन् । गृहसचिवमा आएका ददंगालले विभिन्न नियुक्तिमा समेत वरियतालाई ख्याल राख्दै सुशासनको पक्षमा काम गर्न थालेका छन् । नेपाल प्रहरीको महानिरिक्षक नियुक्तिदेखि अन्य विषयमा दंगालले थिति बसाल्न खोजिरहेका छन् ।
कोरला नाकाको अवलोकनका क्रममा टोलीले स्थानीय भन्सार र सुरक्षा कार्यालयका प्रमुखसँग क्षेत्रको अवस्था र चुनौतीहरूको बारेमा जानकारी लिएको थियो । यससँगै, नाका क्षेत्रको भन्सार र अध्यागमन व्यवस्थापन सुधार गर्ने विषयमा छलफल भएको छ ।
गृह सचिव दङ्गालले कोरला नाकालाई नेपाल–चीन अन्तरराष्ट्रिय नाका बनाउने प्रतिबद्धता जनाउँदै यहाँका भन्सार र सुरक्षा पूर्वाधारहरूको व्यवस्थापनमा ध्यान दिने बताए । यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि स्थानीयस्तरबाट चिनियाँ राहदानी प्राप्तिका लागि व्यवस्थापन गर्ने सुझाव पनि दिइएको छ।
अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उपल्लो मुस्ताङमा विदेशी पर्यटकबाट उठाउने प्रवेशाज्ञा शुल्क हटाउन र पर्यटन मार्गलाई सुदृढ बनाउनुपर्ने माग गरेका छन् । यसका लागि चिनियाँ दूतावाससँग समन्वय गरेर वैकल्पिक प्रवेशाज्ञा प्राप्तिका लागि व्यवस्था गर्न सकिने बताएका छन्।
सरकारले चालु आर्थिक वर्षमा यहाँको अध्यागमन कार्यालयको भवन निर्माणका लागि तीन करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यसका साथै, कोरला नाकालाई कैलाश, सिगात्से र ल्हासा पर्यटन मार्गको रूपमा प्रभावकारी बनाउन योजनाहरू तय गरिएको छ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












