नेपाल-चीन कोरला नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने तयारी, गृह र अध्यागमन विभागको टोली अवलोकनमा
काठमाडाैं । गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमाको कोरला नाका अवलोकन गरेको छ । पोखराबाट हवाई मार्ग हुँदै जोमसोम पुगेर टोलीले कोरला नाका पुगेर यस क्षेत्रको अध्ययन गरेको हो । टोलीमा गृह सचिव रामेश्वर दङ्गाल, अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलगायतका सदस्य थिए ।
गृहसचिव दंगालले पछिल्लो समय विभिन्न समस्यालाई समाधान गर्ने र मुलुकको सार्वभाैमिकतामाथिका प्रश्नमा मिहिन अध्ययन गर्न थालेका छन् । गृहसचिवमा आएका ददंगालले विभिन्न नियुक्तिमा समेत वरियतालाई ख्याल राख्दै सुशासनको पक्षमा काम गर्न थालेका छन् । नेपाल प्रहरीको महानिरिक्षक नियुक्तिदेखि अन्य विषयमा दंगालले थिति बसाल्न खोजिरहेका छन् ।
कोरला नाकाको अवलोकनका क्रममा टोलीले स्थानीय भन्सार र सुरक्षा कार्यालयका प्रमुखसँग क्षेत्रको अवस्था र चुनौतीहरूको बारेमा जानकारी लिएको थियो । यससँगै, नाका क्षेत्रको भन्सार र अध्यागमन व्यवस्थापन सुधार गर्ने विषयमा छलफल भएको छ ।
गृह सचिव दङ्गालले कोरला नाकालाई नेपाल–चीन अन्तरराष्ट्रिय नाका बनाउने प्रतिबद्धता जनाउँदै यहाँका भन्सार र सुरक्षा पूर्वाधारहरूको व्यवस्थापनमा ध्यान दिने बताए । यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि स्थानीयस्तरबाट चिनियाँ राहदानी प्राप्तिका लागि व्यवस्थापन गर्ने सुझाव पनि दिइएको छ।
अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उपल्लो मुस्ताङमा विदेशी पर्यटकबाट उठाउने प्रवेशाज्ञा शुल्क हटाउन र पर्यटन मार्गलाई सुदृढ बनाउनुपर्ने माग गरेका छन् । यसका लागि चिनियाँ दूतावाससँग समन्वय गरेर वैकल्पिक प्रवेशाज्ञा प्राप्तिका लागि व्यवस्था गर्न सकिने बताएका छन्।
सरकारले चालु आर्थिक वर्षमा यहाँको अध्यागमन कार्यालयको भवन निर्माणका लागि तीन करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यसका साथै, कोरला नाकालाई कैलाश, सिगात्से र ल्हासा पर्यटन मार्गको रूपमा प्रभावकारी बनाउन योजनाहरू तय गरिएको छ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











