ताजा समाचार

विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् ।

बुधबार तारेखका लागि पुगेका अधिकारीलाई अख्तियारले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा रहेका अधिकारीलाई अख्तियारले म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराएको छ।

अधिकारी विदेश भाग्ने तयारी गर्दै गर्दा पक्राउ परेका हुन् । उनले मंगलबारमात्रै पनि आफूलाई जेनजी अगुवा दाबी गर्ने सुदन गुरुङलाई भेटेर अनुनय गरेको स्रोतको दाबी छ । गुरुङसंगको भेटमा अधिकारीले आफूलाई अख्तियारले पक्राग गर्ने भन्दै जोगाउनका निम्ति अनुरोध गरेका थिए । उसोतः हेलिप्याड प्रकरणमा पूर्वपर्यटनमन्त्री जीवनराम श्रेष्ठ समेत मुछिएका थिए । अधिकारी पक्राउ परेपछि नेपाली कम्युनिस्ट पार्टीका नेता समेत रहेका श्रेष्ठलाई के होला भन्ने चासो देखिन्छ ।

उनीहरूविरुद्ध आजै मुद्दा दर्ता गर्ने अख्तियारको तयारी छ। उनीमाथि अख्तियारले भक्तपुरको नलिनचोकस्थित हेलिप्याड निर्माणमा अनियमितता भएको विषयमा अनुसन्धान गरिरहेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org