टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि ५० भन्दा माथि रन बनाए ।
हिजो नेपालले जीतका लागि पाएको एक सय ७१ रनको लक्ष्य अन्तिम ओभरमा ४ बल अगाडि नै पूरा गर्यो । नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो खेल जितेको हो । तेस्रो पटक विश्वकपमा सहभागिता जनाएको नेपालको विश्वकपमा कूल तेस्रो जीत पनि हो । सन् २०१४ मा बङ्गलादेशको चित्तागोङमा अफगानिस्तानलाई पराजित गरेयता नेपालले विश्वकपमा एउटै खेल जित्न सकेको थिएन ।
यो विश्वकपमा नेपाल इंग्ल्यान्डसँग ४ रन, इटालीसँग १० विकेट र वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो । यी तीन खेल हारेर नेपाल यसअघि नै दोस्रो चरणको दौडबाट बाहिरिसकेको थियो । मुम्बईको वानखडे रंगशालामा आफ्नो अन्तिम खेलमा स्कटल्याण्डलाई हराउँदै नेपालले सान्त्वना जीत निकालेको हो ।
दीपेन्द्रले २३ बलमा अर्धशतक ५० रन बनाए । त्यसअघि ओपनर माइकल जोन्सको ७१ रनमा स्कटल्यान्डले नेपाललाई १ सय ७१ रनको लक्ष्य दिएको थियो । स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७० रन बनायो । जीतपछि नेपालका कप्तान रोहितकुमार पौडेलले यो टी–२० विश्वकपमा धेरै महत्त्वपूर्ण अनुभव बटुलेको र यसक्रममा विश्व त्रिकेटले नेपाललाई नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन् ।
टी–२० विश्वकप क्रिकेटमा आज पनि ३ वटा खेल हुँदैछन् । आजको पहिलो खेल बिहान सवा ११ बजे समूह ‘डी’ का दक्षिण अफ्रिका र युएईबीच हुनेछ । यो खेल दिल्लीको अरुण जेट्ली स्टेडियममा हुनेछ । आजै दिउँसो सवा ३ बजे कोलम्बोमा समुह ‘ए’ का पाकिस्तान र नामिबियाले खेल्नेछन् भने बेलुका सवा ७ बजे भारत र नेदरल्याण्ड्सबीच खेल हुनेछ । यो खेल अहमदाबादमा हुनेछ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध के विषयमा भयो मुद्धा दायर ?
काठमाण्डौ । सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतविरूद्ध...












