रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत गर्दै घर–घरमै स्वास्थ्य सेवा विस्तारको आवश्यकता औंल्याएका छन्।
रुसको नेश्नल सेन्टरले अप्रिल २७ देखि २९ सम्म आयोजना गरेको खुला संवादः ‘विश्वको भविष्य, विश्वव्यापी वृद्धिका लागि एक मञ्च’ (Open Dialogue: The Future of the World. A Platform for Global Growth) कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गर्दै सहभागी भएका ढकाल निबन्ध प्रतियोगितामार्फत छनोट भएका थिए। सो कार्यक्रममा करिब ५० देशको सहभागिता रहेको थियो भने ४५ देशका प्रतिनिधिहरूले आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए। अमेरिका, अफ्रिका, अष्ट्रेलिया तथा एसियाका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व भएको उक्त मञ्चलाई विश्वव्यापी नीति संवादका रूपमा हेरिएको छ।
कार्यक्रममा विश्वभरका अर्थशास्त्री र विज्ञहरूले मानव पूँजी, प्रविधि, वातावरण र सञ्चारमा लगानीका चार मुख्य विषयमा छलफल गरेका थिए। उनीहरुले नयाँ वैश्विक विकास मोडेलको आधार खोज्ने गरि छलफल गरेको आयोजकले जनाएको छ। उत्कृष्ट निबन्धमार्फत छनोट भएका सहभागीहरूले आफ्ना प्रस्ताव प्रस्तुत गरेका थिए, कार्यक्रमको निष्कर्षलाई ‘ओपन रिपोर्ट’ का रूपमा आगामी नीति र रणनीतिका लागि प्रयोग गर्ने जनाइएको छ।
नेपालबाट सहभागीता जनाएका डा. ढकालले मानव पुँजीसम्बन्धि सार्वजनिक स्वास्थ्यमा नवप्रवर्तन, नविन धारणामार्फत घरमै स्वास्थ्य सेवा, मानिसको बढ्दो उमेर र राज्यले बहस गर्नुपर्ने ठूलो धनराशी कसरी कम गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्र पेश गरेका थिए । कार्यक्रममा ढकालले हेल्थ एट होमलाई कसरी स्टार्टअपको रुपमा विकास गर्न सकिन्छ? यसलाई व्यवसायीक ढंगले अघि बढाउदै राज्यलाई कसरी पोलिसी लेभलमा काम गर्न बाध्य पार्न सकिन्छ भन्ने विषयमा कार्यपत्रमा विस्तृत रुपमा व्याख्या गरेका थिए।
ढकालले विश्वव्यापी रूपमा देखिँदै गएको जनसंख्याको वृद्धिदर तथा तीव्र डेमोग्राफिक परिवर्तनले सार्वजनिक स्वास्थ्य क्षेत्रमा नयाँ चुनौती थपिरहेको उल्लेख गरे। राज्यले मात्र यी चुनौती धान्न कठिन हुने बताउँदै उनले घर–घरमै स्वास्थ्य सेवा पु¥याउने मोडेललाई दीर्घकालीन समाधानका रूपमा प्रस्तुत गरे। उनका अनुसार, स्वास्थ्य सेवालाई विकेन्द्रित गरी समुदायमै उपलब्ध गराउन सके मात्र आगामी संकटलाई न्यूनीकरण गर्न सकिनेछ।
रुसमै चिकित्सा शिक्षा हासिल गरेका ढकालले आफूले अध्ययन गरेको विश्वविद्यालयमा पुगेर पनि आफ्नो अनुभव र अवधारणा व्यक्त गरेका थिए। त्यहाँ उनले सिकेको ज्ञान र नेपालमा अभ्यास गरिरहेको हेल्थ एट होम मोडेलबीचको सम्बन्धबारे प्रकाश पार्दै स्थानीय आवश्यकता अनुसार नवप्रवर्तनमा जोड दिएका दाबी गरे ।
जनकपुरमा जन्मिएका ढकालले प्रारम्भिक शिक्षा नेपालमै हासिल गरेपछि रुसबाट चिकित्सा अध्ययन पूरा गरेका हुन्। पाकिस्तानको लाहोरमा कार्डियाक सर्जरी अध्ययन गर्दै गर्दा उनी नेपाल फर्किएर हेल्थ एट होम स्थापना गरेका थिए।
ढकाल विभिन्न देशमा तीन पटक ग्लोबल इन्टरप्रेनरशिप कार्यक्रममा सहभागी भइसकेका छन्। सन् २०१४ मा अमेरिकाको स्टेट अफ डिपार्टमेन्टद्वारा फेलोसिप पनि उनले प्राप्त गरेका थिए, जुन नवप्रवर्तन र युवा उद्यमशीलता प्रवद्र्धनसँग सम्बन्धित थियो।
हालसम्म ३० भन्दा बढी देशको भ्रमण गरिसकेका ढकाल पाँचभन्दा बढी भाषामा दक्ष छन्। ढकाल भन्छन्, ‘स्वास्थ्य सेवा पहुँचको नयाँ मोडेललाई विश्वव्यापी रूपमा विस्तार गर्नु अहिलेको आवश्यकता हो, र यसका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहनेछ।’
ढकालले नवप्रवर्तन, इन्टरपेनरसिप र सामाजिक उत्तरदायित्वबारे वकालत गर्दै आएका छन्। नेपाल सानो र कमजोर होइन, शक्तिशाली र नयाँ विचारको उद्गम स्थल भएको दाबी गर्ने ढकालले विश्वले नेपालबाट पेश गरिएका आइडियाले ठूला प्रगति र काम गरेको जिकिर गर्छन्।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध के विषयमा भयो मुद्धा दायर ?
काठमाण्डौ । सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतविरूद्ध...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
२५ अर्बको दाबी सहित दीपक भट्टविरुद्ध मुद्दा दर्ता आज, अब दीपक तिमिल्सिनाको पालो कहिले?
काठमाडौं । लामो समयदेखि राजनीतिक तथा व्यावसायिक वृत्तमा प्रभावशाली ‘फिक्सर’ र बिचौलियाका रूपमा चिनिएका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...











