रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत गर्दै घर–घरमै स्वास्थ्य सेवा विस्तारको आवश्यकता औंल्याएका छन्।
रुसको नेश्नल सेन्टरले अप्रिल २७ देखि २९ सम्म आयोजना गरेको खुला संवादः ‘विश्वको भविष्य, विश्वव्यापी वृद्धिका लागि एक मञ्च’ (Open Dialogue: The Future of the World. A Platform for Global Growth) कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गर्दै सहभागी भएका ढकाल निबन्ध प्रतियोगितामार्फत छनोट भएका थिए। सो कार्यक्रममा करिब ५० देशको सहभागिता रहेको थियो भने ४५ देशका प्रतिनिधिहरूले आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए। अमेरिका, अफ्रिका, अष्ट्रेलिया तथा एसियाका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व भएको उक्त मञ्चलाई विश्वव्यापी नीति संवादका रूपमा हेरिएको छ।
कार्यक्रममा विश्वभरका अर्थशास्त्री र विज्ञहरूले मानव पूँजी, प्रविधि, वातावरण र सञ्चारमा लगानीका चार मुख्य विषयमा छलफल गरेका थिए। उनीहरुले नयाँ वैश्विक विकास मोडेलको आधार खोज्ने गरि छलफल गरेको आयोजकले जनाएको छ। उत्कृष्ट निबन्धमार्फत छनोट भएका सहभागीहरूले आफ्ना प्रस्ताव प्रस्तुत गरेका थिए, कार्यक्रमको निष्कर्षलाई ‘ओपन रिपोर्ट’ का रूपमा आगामी नीति र रणनीतिका लागि प्रयोग गर्ने जनाइएको छ।
नेपालबाट सहभागीता जनाएका डा. ढकालले मानव पुँजीसम्बन्धि सार्वजनिक स्वास्थ्यमा नवप्रवर्तन, नविन धारणामार्फत घरमै स्वास्थ्य सेवा, मानिसको बढ्दो उमेर र राज्यले बहस गर्नुपर्ने ठूलो धनराशी कसरी कम गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्र पेश गरेका थिए । कार्यक्रममा ढकालले हेल्थ एट होमलाई कसरी स्टार्टअपको रुपमा विकास गर्न सकिन्छ? यसलाई व्यवसायीक ढंगले अघि बढाउदै राज्यलाई कसरी पोलिसी लेभलमा काम गर्न बाध्य पार्न सकिन्छ भन्ने विषयमा कार्यपत्रमा विस्तृत रुपमा व्याख्या गरेका थिए।
ढकालले विश्वव्यापी रूपमा देखिँदै गएको जनसंख्याको वृद्धिदर तथा तीव्र डेमोग्राफिक परिवर्तनले सार्वजनिक स्वास्थ्य क्षेत्रमा नयाँ चुनौती थपिरहेको उल्लेख गरे। राज्यले मात्र यी चुनौती धान्न कठिन हुने बताउँदै उनले घर–घरमै स्वास्थ्य सेवा पु¥याउने मोडेललाई दीर्घकालीन समाधानका रूपमा प्रस्तुत गरे। उनका अनुसार, स्वास्थ्य सेवालाई विकेन्द्रित गरी समुदायमै उपलब्ध गराउन सके मात्र आगामी संकटलाई न्यूनीकरण गर्न सकिनेछ।
रुसमै चिकित्सा शिक्षा हासिल गरेका ढकालले आफूले अध्ययन गरेको विश्वविद्यालयमा पुगेर पनि आफ्नो अनुभव र अवधारणा व्यक्त गरेका थिए। त्यहाँ उनले सिकेको ज्ञान र नेपालमा अभ्यास गरिरहेको हेल्थ एट होम मोडेलबीचको सम्बन्धबारे प्रकाश पार्दै स्थानीय आवश्यकता अनुसार नवप्रवर्तनमा जोड दिएका दाबी गरे ।
जनकपुरमा जन्मिएका ढकालले प्रारम्भिक शिक्षा नेपालमै हासिल गरेपछि रुसबाट चिकित्सा अध्ययन पूरा गरेका हुन्। पाकिस्तानको लाहोरमा कार्डियाक सर्जरी अध्ययन गर्दै गर्दा उनी नेपाल फर्किएर हेल्थ एट होम स्थापना गरेका थिए।
ढकाल विभिन्न देशमा तीन पटक ग्लोबल इन्टरप्रेनरशिप कार्यक्रममा सहभागी भइसकेका छन्। सन् २०१४ मा अमेरिकाको स्टेट अफ डिपार्टमेन्टद्वारा फेलोसिप पनि उनले प्राप्त गरेका थिए, जुन नवप्रवर्तन र युवा उद्यमशीलता प्रवद्र्धनसँग सम्बन्धित थियो।
हालसम्म ३० भन्दा बढी देशको भ्रमण गरिसकेका ढकाल पाँचभन्दा बढी भाषामा दक्ष छन्। ढकाल भन्छन्, ‘स्वास्थ्य सेवा पहुँचको नयाँ मोडेललाई विश्वव्यापी रूपमा विस्तार गर्नु अहिलेको आवश्यकता हो, र यसका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहनेछ।’
ढकालले नवप्रवर्तन, इन्टरपेनरसिप र सामाजिक उत्तरदायित्वबारे वकालत गर्दै आएका छन्। नेपाल सानो र कमजोर होइन, शक्तिशाली र नयाँ विचारको उद्गम स्थल भएको दाबी गर्ने ढकालले विश्वले नेपालबाट पेश गरिएका आइडियाले ठूला प्रगति र काम गरेको जिकिर गर्छन्।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
GFCN and TASS Launch Fact-Checking Video Course for Asia-Pacific News Agencies
Kathmandu, The Global Fact-Checking Network (GFCN) and Russia’s TASS news agency have launched an educational video course on fact-checking for...
-
मन्त्रिपरिषद् बैठक: विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
-
JJN, Russian Union of Journalists Sign MoU to Boost Media Cooperation
Kathmandu. A memorandum of understanding has been signed between Journalists for Justice Nepal (JJN) and the Russian Union of Journalists...
-
कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने...












