पोखराबाट उडान भर्न फ्लाई दुबई इच्छुक, उपाध्यक्ष लुकाज र पोखरा नगर प्रमुखबीच भेट
पोखरा । विश्वको प्रमुख हवाई सेवा प्रदायक फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने इच्छा देखाएको छ । कम्पनीका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग मंगलबार भेट गरी यस्तो चासो राखेका हुन् । उड्डयन क्षेत्रमा २० वर्षभन्दा लामो अनुभव भएका लुकाजले पोखरासँग जोडिन पाए यहाँको पर्यटनका लागि सुखद हुने बताए ।
उड्डयन सुरक्षा र जोखिम व्यवस्थापनमा विशेषज्ञता हासिल गरेका उनले विमानस्थलको मापदण्डबारे पनि जानकारी लिए । लुकाजले भने, ‘पोखराको सुन्दरताले मलाई प्रभावित पारेको छ, यहाँ उडान भर्न हामी इच्छुक छौँ ।’ उनले अन्तर्राष्ट्रिय र स्थानीय सुरक्षा मापदण्डका आधारमा कम्पनीले उडानका लागि आवश्यक प्रक्रिया अघि बढाउन सक्ने संकेत गरे ।
भेटमा नगर प्रमुख आचार्यले नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आफूले निरन्तर पहल गरिरहेको बताए । दुई देशबीचको पर्यटन बढाउन सिधा उडानको भूमिका महत्वपूर्ण रहने उनको भनाइ छ । आचार्यले भने, ‘विमानस्थल अन्तर्राष्ट्रिय उडान भर्न पूर्ण रुपमा सक्षम छ, हाल चार्टर उडानहरु पनि भइरहेका छन् ।’ पोखरा पर्यटनको राजधानी भएकाले विश्व बजारमा प्रवर्द्धन गर्न नियमित उडान आवश्यक रहेको उनले उल्लेख गरे ।
आचार्यले कम्पनीका तर्फबाट उडानका लागि विशेष पहल गर्न लुकाजलाई अनुरोध गरे । नेपाल सरकारसँग पनि यस विषयमा पटक पटक संवाद भएको उनले जानकारी दिए । भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईको पनि उपस्थिति थियो ।
Comments
अरु समाचार
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...
-
सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका...
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...












