पोखराबाट उडान भर्न फ्लाई दुबई इच्छुक, उपाध्यक्ष लुकाज र पोखरा नगर प्रमुखबीच भेट
पोखरा । विश्वको प्रमुख हवाई सेवा प्रदायक फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने इच्छा देखाएको छ । कम्पनीका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग मंगलबार भेट गरी यस्तो चासो राखेका हुन् । उड्डयन क्षेत्रमा २० वर्षभन्दा लामो अनुभव भएका लुकाजले पोखरासँग जोडिन पाए यहाँको पर्यटनका लागि सुखद हुने बताए ।
उड्डयन सुरक्षा र जोखिम व्यवस्थापनमा विशेषज्ञता हासिल गरेका उनले विमानस्थलको मापदण्डबारे पनि जानकारी लिए । लुकाजले भने, ‘पोखराको सुन्दरताले मलाई प्रभावित पारेको छ, यहाँ उडान भर्न हामी इच्छुक छौँ ।’ उनले अन्तर्राष्ट्रिय र स्थानीय सुरक्षा मापदण्डका आधारमा कम्पनीले उडानका लागि आवश्यक प्रक्रिया अघि बढाउन सक्ने संकेत गरे ।
भेटमा नगर प्रमुख आचार्यले नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आफूले निरन्तर पहल गरिरहेको बताए । दुई देशबीचको पर्यटन बढाउन सिधा उडानको भूमिका महत्वपूर्ण रहने उनको भनाइ छ । आचार्यले भने, ‘विमानस्थल अन्तर्राष्ट्रिय उडान भर्न पूर्ण रुपमा सक्षम छ, हाल चार्टर उडानहरु पनि भइरहेका छन् ।’ पोखरा पर्यटनको राजधानी भएकाले विश्व बजारमा प्रवर्द्धन गर्न नियमित उडान आवश्यक रहेको उनले उल्लेख गरे ।
आचार्यले कम्पनीका तर्फबाट उडानका लागि विशेष पहल गर्न लुकाजलाई अनुरोध गरे । नेपाल सरकारसँग पनि यस विषयमा पटक पटक संवाद भएको उनले जानकारी दिए । भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईको पनि उपस्थिति थियो ।
Comments
अरु समाचार
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
बाढी प्रभावित असाहय बालबालिकाको भविष्य बनाउन भारत–नेपालका दुई फाउन्डेसनको सहकार्य
पोखरा। रसुवागढी नाका हुँदै विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित बालबालिकाको दीर्घकालीन भविष्य सुरक्षित गर्न भारतको डा....
-
वायुसेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी ‘जनकराज कालाखेती’लाई
काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकमा नायब महाप्रबन्धक जनकराज कालाखेती तोकिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कालाखेतीलाई...
-
चीनले तेस्रो पटक पठायो राहत सामग्री, १० फरेन्सिक विज्ञ पनि आइपुगे
काठमाडौं । रसुवा बाढीबाट प्रभावित क्षेत्रका लागि छिमेकी मुलुक चीनले उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको...
-
शेयर बजार लगातार तेस्रो दिन बढ्यो, झन्डै साढे तीन अर्बको कारोबार
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ६६ अङ्कले बढेर...
-
बाढी–पहिरोले सात जिल्लाका सडक अवरुद्ध, आवागमनमा समस्या
काठमाडौँ, भदौ १८ गते । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गको...
-
फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको सम्झौता, सेप्टेम्बर २३ देखि नियमित उडान
पोखरा। फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको सम्झौता भएको छ ! पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय हवाई सेवा...
-
नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले विपदबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउनेउद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख...












