ताजा समाचार

नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम

-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा २ बजे उदघाटन कार्यक्रम गरेर सुरू हुँदैछ। महाधिवेशन असाेज २२ गतेसम्म हुनेछ। नेपाली कांग्रेसको १५ ओैं महाधिवेशन स्थल खुलामञ्चमा नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५ ओैं महाधिवेशनकाे सम्पुर्ण तयारी पूरा भएकाे जानकारी दिएका छन। महाधिवेशनमा ७ हजार ५ सय भन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन। उदघाटन कार्यक्रममा २५ हजार भन्दा बढी सहभागी हुने कांग्रेसले दाबी गरेकाे छ। शान्तिबाटिका र सुन्धारा क्षेत्रबाट जुलुश र रयाली सहित महाधिवेशन स्थलमा पुग्ने कार्यक्रम रहेकाे छ। भाेटेकाेशीकाे विपदकाे कारण देशनै शाेकमा रहेकाे बेला तडकभडक नगरि महाधिवेशन स्थलमा सहभागि हुने काठमाडौं कांग्रेसका सचिव गाेविन्दहरि पुडासैनीले बताएका छन। महाधिवेशन स्थलमा बन्दसत्रका लागि ७ हजार ५ सय सहभागी अटाउने २५ सय- २५ सय प्रतिनिधि अटाउने तिनवटा ठुला हल बनाइएकाे छ। महाधिवेशन स्थलमा भिआईपी कक्ष, मिडिया सेन्टर र स्वयंसेवक परिचालन कक्ष रहेका छन। हलमा साउण्ड सिष्टम र बत्ति जडान हुँदैछ। उदघाटन सत्रकाे भाषण सुन्न डिजिटल बाेर्डकाे पनि व्यवस्था गरिएकाे छ।

महाधिवेशनमा सहभागीले दर्ता शुल्क वापत ३ हजार ५ सय बुझाएर सहभागी रजिष्टेशन दर्ता गरि महाधिवेशनमा पेश गरिने प्रस्ताव, विधान,खाना,खाजा कुपन सहितकाे झाेला वितरण गरिएकाे छ। सहभागीहरूलाई भाेजनकाे व्यवस्था भृकुटीमण्डपमा गरिने भएकाे छ। बासस्थानकाे व्यवस्था सहभागी प्रतिनिधिहरूले आफै गर्ने भएका छन। उम्मेदवारीकाे दर्ता असाेज १९ गते २ बजेदेखि ६ बजेसम्म राष्ट्रिय सभागृह र मतदान राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने तय गरिएकाे छ।। मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएकाे छ।

महाधिवेशनकाे छलफल सत्रमा सभापतिले पार्टीको नीति कार्यक्रम,उप-सभापति विश्वप्रकाश शर्माले समसामयिक प्रस्ताव,महामन्त्रीले संगठनात्मक र विधान संशाेधन लगायतका प्रस्ताव पेश गर्ने भएका छन। पहिला विधान संशाेधन गरेर एक उप-सभापति र एक महामन्त्री तथा दुई दर्जन केन्द्रीय सदस्य थप गर्ने तयारी छ। पदाधिकारी र सदस्यका आकांक्षी बढेकाले उपसभापति ३ जना र महामन्त्री ३ जना थपिदैछ। उप-सभापति र महामन्त्रीमा महिला,मधेसीलाई समेटन एक- एक पद थप्ने र सभापतिले मनाेनित गर्ने व्यवस्था गर्न लागिएकाे छ। खुला केन्द्रीय सदस्य र खुला महिला केन्द्रीय सदस्यकाे सिट २५ वटा थप्ने गरि विधान संशोधन प्रस्ताव तयार पारिएकाे छ। कांग्रेसको महाधिवेशनले एक सभापति,दुई उप-सभापति,दुई महामन्त्री,८ सह-महामन्त्री र सहकाेषाध्यक्ष निर्वाचित गर्ने विधानमा व्यवस्था छ। त्यस्तै ३ सह-महामन्त्री र काेषाध्यक्ष सहित केन्द्रीय सदस्यहरू सभापतिले केन्द्रीय कार्यसमिति बैठकबाट अनुमाेदन गरि पछि मनाेनयन गर्ने व्यवस्था छ।

महाधिवेशनकाे गतिविधिका सम्बन्धमा मिडिया सेन्टरमा दिनकाे दुई पटक ब्रिफिङ गरि जानकारी दिइने भएकाे छ। कांग्रेसको महाधिवेशनमा विदेशी पाहुना कमै आउने भएका छन। भारतबाट भाजपा र कांग्रेस आइका नेता आउने बताइएकाे छ। महाधिवेशनकाे उदघाटन सत्रमा एमालेका महासचिव शंकर पाेखरेल,रास्वपाका सभापति रवी लामिछाने,नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,राप्रपाका राजेन्द्र लिङदेन,जसपाका उपेन्द्र यादव,लाेसपा,जनमत पार्टीका नेताहरू आउने बताइएकाे छ। नेपाली कांग्रेस इतर समुहका सभापति शेर बहादुर देउवालाई उदघाटन समाराेहमा निमन्त्रणा गरेपनि उनी नआउने भएका छन। सभापति गगन कुमार थापाले नै १५ ओैं महाधिवेशनकाे उदघाटन गर्ने प्रवक्ता चालिसेले बताएका छन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org